इटहरीः बुधबार भएको राष्ट्रिय सभाको चुनावमा नेकपा एकिकृत समाजवादीका तीन नेतृले कलम चिन्हबाट विजय हासिल गरेका छन् ।
गठबन्धनबाट राष्ट्रिय सभाको चुवान लडेका यी तीनै जनाले कलम चुनाव चिन्हबाट पहिलो चुनाव जितेका हुन् ।
प्रदेश एक बाट नेतृ जयन्ती राईले राष्ट्रिय सभा सदस्यमा विजय हासिल गरेकी छिन् ।
प्रदेश एक बाट निर्वाचित भएकी राईले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाएकी छन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । भण्डारीको मतभार ४ हजार ३ सय ६२ पुगेको थियो ।

272886503_449858619932237_2104113387388714240_n
पाँच दलिय गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी राईको जीतसँग कलमले इतिहास लेख्न सुरु गरेको समाजवादीका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी प्रदेश १ बाट जयन्ती राईसंगै लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे र सुदूरपश्चिमबाट गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएका छन् । तीन महिलाको उदयसँगै नेकपा एसको राष्ट्रियसभा दरिलो उपस्थिती हुने भएको छ ।
बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाएकी छन् ।

272774498_449858603265572_9084047450593002329_n
त्यसैगरी बुधबारै भएको निर्वाचनमा सुदुर पश्चिम प्रदेशकी नेकपा एकिकृत समाजवादीको उम्मेद्धवार गरिमा शाहले विजय हासिल गरेकि छन् । शाहले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइकी थिइन् ।