इनरुवाः इनरुवा नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट कर्मचारी र निर्माण व्यवसायीले एक वर्षभन्दा बढी म्याद नाघेको बाँकी पेश्की रकम ३ करोड बढी फछर्यौट हुन बाँकी रहेको पाइएको छ ।
महालेखा परिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन २०७८ को कैफियतसहितको राय प्रतिवेदनमा इनरुवा नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट ३ करोड २७ लाख ५६ हजार ३ सय २२ रुपैयाँ म्याद नाघेको पेश्की फर्छौट गर्न बाँकी रहेकाले फछर्यौट गर्न भनिएको छ ।
आर्थिक ऐन नियमावली अनुसार पेश्की लिएको रकम ३० दिन भित्र अनिवार्य रुपमा खर्च विवरण पेश गरि फछर्यौट हुनुपर्ने कानुनी प्रावधान रहेपनि इनरुवा नगरपालिकामा पेश्की लिनेहरुको म्याद नाघेको सूची लामो रहेको छ ।
महालेखा परिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन २०७८ को २५ नम्बर पेजको क्रम सख्याँ ५० मा मोबिलाईजेसन पेश्की र अन्य पेश्की वापतको रु ३ करोड २७ लाख ५६ हजार ३ सय २२ रुपैयाँ मध्ये १ करोड ९३ लाख ११ हजार ८५ रुपैयाँ सम्बन्धित कार्यमा खर्च भए नभएको सम्बन्धमा अनुगमन तथा विश्लेषण गर्दै पेश्की फछर्यौट हुनुपर्ने उल्लेख गरिएको छ ।
महालेखा परिक्षकले म्याद नाघेको पेश्की लिनेको नाममा जनप्रतिनिधिदेखि कर्मचारी, निर्माण व्यवसायी, समाजिक संघ संस्था, उपभोक्ता समिति लगायतको नाम उल्लेख गरेको छ ।
प्रतिवेदनमा म्याद नाघेको पेश्की बाँकी रहनेको सूचीमा वडाअध्यक्ष श्यामदेव मेहता ४ लाख, इनोद पोखरेल ३ लाख ८६ हजार ९ सय, कृष्ण नेपाल २ लाख ४६ हजार, गोपालप्रसाद खतिवडा ७८ हजार, चिनेश्वर मेहता १७ लाख, टोपेन्द्रकुमार लिम्बु १ लाख ६८ हजार, दिलिपकुमार खत्वे २ लाख ५० हजार, नेत्रप्रसाद न्यौपाने ७८ हजार ४ सय ५०, भगवान दाहाल ४ लाख १४ हजार ४ सय ५०, भुपाल श्रेष्ठ ८६ हजार, भागवत मेहता ७८ हजार, मेघराज भट्टराई ४ लाख ५१ हजार ६ सय, महेश अनाल २ लाख ८८ हजार ४ सय ४५, देवनारायण मेहता ३ लाख, दुर्गा कार्की ४ लाख, सभ्यता निरौला ४ लाख, बसन्त सुवेदी ५ लाख, प्रदिप मण्डल ९ लाख, कुवेर पौडेल ३ लाख ३५ हजार रुपैया सुचीमा उल्लेख गरिएको छ ।
यसैगरि कपलेश्वरप्रसाद साह १० लाख, अपाड्डता नगर कार्यसमिति १५ हजार, जिल्ला सेवा केन्द्र १ लाख ८८ हजार ६ सय ६६, डाँफे युवा समुह ६० हजार, नेपाल दलित उत्पीडित मुक्ती समाज ८० हजार, नेपाल पत्रकार महासंघ सुनसरी ४० हजार, नेपाल प्रेस युनियन ४० हजार, युथ फर नेपाल ६० हजार, फुलवारी क्रिकेट क्लब २ लाख ३० हजार, जनता मावि मधेशा ३ लाख, सामुदायिक विकास संस्था ६८ हजार रुपैयासमेत सूचीमा रहेको छ ।
मध्येश्वर शिव मन्दिर चाँदवेला ३० हजार, भगवती स्कुल निर्माण उपभोक्ता समिति २ लाख ४७ हजार ५ सय, खेल मैदान निर्माण उपभोक्ता समिति इनरुवा १० लाख, कालि भगवती मन्दिर चाँदवेला २ लाख ५० हजार, ढलनाला निर्माण उपभोक्ता समिति इनरुवा ३ नम्बर वडा ८ लाख ७ हजार, बालेश्वर शिव मन्दिर इनरुवा ४ लाख ९५ हजार, ग्राभेल सडक उपभोक्ता समिति बविया ५ लाख, ढलनाला निर्माण उपभोक्ता समिती इनरुवा ३ नम्बर वडा २ लाख २५ हजार, कुमार निरौला ३ लाख ५० हजार, दिपेश मेहता ७५ हजार रुपैयाँ सुचिमा समावेश गरिएको छ ।
मनु पोखरेल २५ हजार ६ सय, रमेश मेहता ३ लाख ३६ हजार, विरेन्द्र मण्डल ५६ हजार, संयम कोइराला १ लाख ४० हजार, दिगम्बर यादव २ लाख, करुणा समाज ५० हजार, राधाकृष्ण मन्दिर बविया १ लाख, कवरिस्तान निमार्ण उपभोक्ता समिती २ लाख, इनरुवाको प्रतिक निर्माण उपभोक्ता समिति ३ लाख, बलाहा बहुमुखी क्याम्पस उपभोक्ता समिति ४ लाख, घण्टाघर निर्माण उपभोक्ता समिति ८ लाख, नमामी सुनसरी घाट निर्माण उपभोक्ता समिति ८ लाख, सरस्वती मावि बविया ५ लाख ७१ हजार ५ सय ७४ रुपैयाँसहित जम्मा १ करोड ९३ लाख ११ हजार ८५ रुपैयाँ समबन्धीत कार्यमा खर्च भए नभएको समबन्धमा अनुगमन तथा विश्लेषण गर्दै पेश्की फछर्यौट हुनुपर्ने उल्लेख गरिएको छ ।
यसैगरि आरके निर्माण सेवा, डिग्री निर्माण सेवा, नवनित कन्ट्रक्सन, समिक्षा निर्माण सेवा, फाईन कन्ट्रक्सन, नेशनल सुनसरी कन्ट्रक्सनले मोविलाइजेसन वापत लिएको पेश्की फछर्यौट हुन बाँकी तर म्याद ननाघेको सूचीमा १ करोड ३४ लाख ५५ हजार १ सय ३७ रुपैयाँ उल्लेख गरिएको छ ।