हरेकले देख्ने सपना जस्तै
म मानिस हुन कोसिस
गरिरहेकोले पनि
न निदाइ,न बोउलाइ, नमरी
देख्खे गरेकै छु ।

हाम्रो गाउँमा मानिस , पुर्ण मानिस हुनलाई
बेग्लै सोसल प्रोसेस पार गर्नु पर्छ
बा भन्नुहुन्छ त कैले मानिस बन्छस् ह ?
एतिनाथे काम गर्न सक्दैनस्
ए अ सपनासँग नभागी भन्दा
चामलको भात खाने कुनैदिन
अचम्मको रहर एउटा सपना बन्थ्यो ।

कहिले स्कूल नजाने बाध्यता सपना बने
जतिबेला मानो रोपेर
मुरी उज्जाउने समय थियो
हिलो खेल्ने, बाउसे हुने
रहर बिबस्ताको थियो
कहिले आमाको चोली फेर्ने
सपना मेरा बने
घरका धुरी छाउँने सपना
बा का बने
खर काट्ने बाध्यता सँग
सपना मेरा पनि गासिए

साथिसँग को संगत
पैसा मा आफ्नै फोटो छपाउने सपना
रातोरानी फुलाउने लक्ष्य
समाजवाद र माम्यवादको सपना
आखिर सपना त सपनामै सिमित

प्रियसी को सपनामा मेरो सपना
मिसाएर
दुबैका सपना एक बनाउँदा
चित खाएको बखत
कसम खाएका अभौतिक चिज
लाला बाला ताते ताते र लै लै
सँगै लहि लहिमा हजुरआमा
सपना देखाउदै आशीर्वाद
दिनु र लिनु हुन्छ
आमा गम्नु हुन्छ
कति आफ्नै सपना भुल्नुहुन्छ ।

कहिले सम्झिन खोज्छु सपना
पुरानो एन्टिना वाला टिभी
झै झ्यार झ्यार टावर टिप्न नसकेको
ननिदाएको वा गहिरो निन्द्रामा परेको
देखिएको सपना सम्झिनै नसकी
ओल्टे र कोल्टे फेर्दै
छटपटाहट अध्यारो निस्लोट
सपना देख्नै नसक्ने
चक्रव्यूह मा फसेको प्राणी
धेरै सपनाहरु आखिर सपना त हुन
भन्दा भन्दै
धेरै सपना त केवल सपना भयो ।   -इटहरी,सुनसरी