इटहरीः केन्द्रिय बैंकले हाइपर फण्ड लगायत केही कम्पनीको नाममा हुने गरेको गैह्र कानूनी कारोबार कसैले पनि नगर्न आग्रह गरेको छ ।

आइतबार एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका भर्चुअल करेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै यसको कारोबारमा संलग्न जो कोहीलाई पनि कारवाही हुने बताएको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्न जो कोहीलाई पनि कारवाही गर्ने जनाएको हो ।
विभागले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे÷गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने जनाएको छ । यसरी गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
 हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई साइबर करेन्सीको कारोबार गर्न हौसाउनेहरु बढेको बताउँदै राष्ट्र बैँकले क्रिप्टो करेन्सीहरुको कारोबार÷प्रयोग गर्न तथा त्यस्ता करेन्सीसँग सम्बन्धित बिभिन्न फण्डहरुमा लगानी गर्न र नेटवर्क मार्केटिङ्ग जस्ता पिरामिडमा आधारित व्यापारमा आवद्ध हुन प्रोत्साहन गर्ने /गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे÷गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ राष्ट्र बैँको सुचनामा भनिएको छ ।