इटहरीः झुम्का जेसिजको बर्ष २०२१ का अध्यक्ष बलाराम चौलागाईले बर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष द्धारिका घिमिरेलाई पद हस्तान्तरण गरेका छन् ।
शनिवार रामधुनी ५ स्थित कल्पवृक्ष पाटी प्यालेसमा आयोजना गरिएको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा बीच झुम्का जेसिसका जुनियर र सिनियर दुवै कार्यसमितिले नयाँ समितिलाई पदभार हस्तान्तरण गरेका थिए ।
जेसिसको मान्यता अनुरुप प्रजातान्त्रिक पद्धतीबाट झुम्का जेसिस बर्ष २०२२ का लागि निर्वाचित भएका घिमिरे सहितका नयाँ कार्यसमितिका पदाधिकारीहरुले आफ्नो पद तथा गोपनियताको सपथ समेत लिएका छन् । अध्यक्ष घिमिरेले आफ्नो कार्यकालका लागि रोशन खड्कालाई नयाँ कार्यसमितिको महासचिव,धिरज कटुवाललाई कोषाध्यक्ष, मनिष काफ्लेलाई सचिव र किरण चापागाईलाई जनसम्पर्क अधिकारीमा र सरोज कोइरालालाई कानुनी सल्लाहाकारमा मनोनयन गरेका छन् । गत महिना भएको निर्वाचनमा कार्यकारीणि उपाध्यक्षमा गोविन्द्र आचार्य र विनोद कोइराला, उपाध्यक्षमा उत्सव बस्नेत,नोवेल चौधरी, अनिस उप्रेती र सन्दिप राउत निर्वाचित भएका थिए । त्यसैगरी नव निर्वाचित जुनियर जेसिहरुको पनि पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
झुम्का जुनियर जेसिजका नव निर्वाचित अध्यक्ष मेलिनियम निरौला सहितको नयाँ कार्यसमितिको पदास्थापन समेत भएको छ । जुनियर जेसिजको निर्वाचित पदाधिकारीमा कार्यकारीणि उपाध्यक्षमा शिशिर भटराई, छविरमण दाहाल छन् । महासचिवमा हेमराज खड्का र कानुनी सल्लाहकारमा नरेश कोइराला मनोनित भए । निर्वाचित उपाध्यक्षहरुमा आयुश गुरागाई, भोजराज तिमल्सिना, विवश अधिकारी र अशिष कुमार सरदार छन् । जनसम्पर्क अधिकारीमा विश्वास पौडेलाई मनोनयन गरिएको छ । त्यसैगरी जुनियर जेसिसको सचिवमा तिर्थमाया खड्का र कोषाध्यक्षमा मिकिस ठाकुर मनोनित भएका छन् । मनोनित र निर्वाचित दुवै पदाधिकारीले शनिवारै सपथ लिएर कार्यभार सम्हालेका छन् ।
बिभिन्न तीन चरणमा सम्पन्न गरिएको कार्यक्रमको पहिलो सत्र अघिल्लो अर्थात बर्ष २०२१ कार्यसमितिद्धारा मायाको चिनो प्रदान र सफल कार्यकालमा सघाउनेहरुलाई धन्यवाद व्यक्त गरिएको थियो भने दोस्रो चरणमा बर्ष २०२१ मा बिभिन्न क्षेत्रमा योगदान गर्ने जेसिहरुलाई अवार्ड एंव पुरस्कार प्रदान गरिएको थियो ।
रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बर्ष २०२१ मा उत्कृष्ट काम गर्ने लाई अवार्ड तथा नगद रकम समेत प्रदान गरियो । जस अनुरुप बर्ष २०२१ का सचिवको भुमिका निर्वाह गर्ने दिपेश बराइलीलाई स्मार्ट जेसि २०२१ अवार्ड प्रदान गरियो भने सरोज कोइरालालाई लेटर अफ एप्रिसियसन वेस्ट बोर्ड मेम्बरको अवार्ड प्रदान गरियो । मनिष काफ्लेलाई उत्कृष्ट जेसि, किरण चापागाईलाई उत्कृष्ट सञ्चालक र अनिस उप्रेतीलाई उत्कृष्ट संयोजकको अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा जेसिसको इटहरी , बिराटनगर, बिराटचौक, टंकीसिनुवारी शाखाका अध्यक्ष तथा पदाधिकारी एंव झुम्का जेसिसका पुर्व अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । पहिलो चरणको कार्यक्रम झुम्का जेसिज बर्ष २०२१ कि महासचिव कमला कार्की थापाले गरेकी थिइन भने अन्तिम चरणको कार्यक्रम बर्ष २०२२ का महासचिव रोशन खड्काले गरेका थिए । कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक विनोद कोइराले गरेका थिए ।