विराटनगरः प्रदेश एक प्रहरीले चालु आर्थिक बर्षको छ महिनामा १९ करोड ८ लाख ५९ हजार ४३५ राजश्व संकलन गरेको छ ।
प्रदेश एक मा छ महिनाको अवधिमा ३ हजार ६ सय २७ वटा मुद्धा दर्ता समेत दर्ता गरेको छ । प्रहरीले संकलन गरेको १९ करोड ८ लाख भन्दा बढि राजश्वमा ट्राफिक नियम उलंघन गर्ने १ लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजश्व संकलन भएको छ । भने बाँकि चोरि निकासी पैठारी लगायतबाट राजश्व संकलन भएको छ ।
प्रहरीले संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १९ करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रहरीको बुझाई छ ।

272530709_297860495707789_5847376252031132161_n
चालु आर्थिक बर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको र फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ६३२ बर्ष कैद भुक्तान भई ,४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार २५० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गर्नुका साथै १९५२ क्यू।फिट। काठ बरामद गरी ४४ लाख ४ हजार ६६६ राजश्व संकलन भएको छ ।
यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा ३ सय ८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु १० हजार ६८, मनोद्धिपक एम्पुल ३ हजार ८७५ र मनोद्धिपक औषधीहरु ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको छ ।