इनरुवाः नेकपा एकिकृत समाजवादी सुनसरीले संचालन गरेको संगठन परिचालन अभियानमा मधेशी मुस्लीम समुदायको जनलहर देखिएको छ ।
शनिवार सुनसरीको भोक्राहा–नंरसिह ३ नम्बर वडामा आयोजित भेलामा सयौको सख्याँमा मधेशी, मुस्लीम समुदायका अगुवाहरु नेकपा एसको संगठनमा समाहित भएका हुन ।
विभिन्न राजनितिक दलबाट झुठ्ठा आश्वासन पाई पटक पटक धोका खाएका मधेशी मुस्लीम समुदायले नेकपा एकिकृत समाजवादी पार्टी सवै जात, वर्ग, धर्म, भाषा, सम्रदायको दलका रुपमा रहेको ठहर गर्दै नेकपा एसमा समाहित भएका हुन ।
भोक्राहा–नरसिहका राजनितिक अगुवा मुनिलाल मेहताले विभिन्न दलबाट सधै ठगिदै आएका भोक्राहा–नरसिहवासीले नेकपा एस भर्खरै गठन भएको नयाँ पार्टी भएपनि जिल्लाभरका इमान्दार राजनितिक नेता, कार्यकर्ताहरुको रोजाईमा परेकाले मधेशी मुस्लीम समुदायको साथ र सहभागीता नेकपा एसमा जनलहरका रुपमा देखिएको बताए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको सुनसरी अध्यक्ष भएका महेन्द्र यादवले भोक्राहा–नरसिहका स्थानियवासीलाई सवै दलले धोका मात्रै दिदै आएको विकास निमार्णका कार्यहरुसमेत नगरेकाले नेकपा एस मार्फत आगामी दिनको राजनितिक यात्रा तय गर्न समाजवादको बाटोमा हिडने मधेशी मुस्लीम समुदाय एकवद्ध भएको बताए ।
मधेशी केन्द्रित राजनितिबाट आएका बच्चालाल यादवले मधेशको मुद्धा उठाएका उपेन्द्र यादव र उनका समर्थकले सत्ता प्राप्ती गर्ने सिढीको रुपमा मधेशी मुस्लीम जनतालाई भोट बैकका रुपमा मात्र प्रयोग गरिरहेकाले अब हामीहरु नेकपा एस मार्फत राजनितिक गर्दै समाजवाद प्राप्तीको बाटोमा अगाडी बढने बताए ।
भोक्राहा–नरसिहका सुल्तान अन्सारीले मुस्लीम समुदायको समस्या समाधान गर्छु भन्दै सधै भोट लिने बेलामा विभिन्न दलले कसम खाने पछि चुनाव जितेर फर्केर नआउने पाइएकाले अब झुठ्ठा आश्वासन मात्रै दिने दलको पछि लाग्नु भन्दा नेकपा एस मार्फत मुस्लीम समुदायको समस्या सामाधान गर्न आफै अग्रसर भएको बताए ।