इटहरीः सुनसरीको इटहरी एक नम्बर वडामा नेकपा एकिकृत समाजवादीको अध्यक्षमा ईश्वर सापकोटा भएका छन् ।
इटहरी उपमहानगरपालिका क्षेत्रका सवै वडामा संगठन विस्तार अभियानलाई तिब्र बनाएको नेकपा एसले शनिवार इटहरी १ नम्बर वडा भेलाबाट ईश्वर सापकोटाको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा तुलसा राउत र विष्णुमाया तामाङ सचिव राजेश बस्नेत उपसचिव गणेश गिरी, सविन पाण्डे र हजरत मियाँसहित ५१ कार्यसमिती चयन गरेको हो ।
नेकपा एकिकृत समाजवादीका सुनसरी उपसचिव राजेश भण्डारीका अनुसार इटहरीको शहरी क्षेत्रमा बसोवास गर्ने वाम लोकतान्त्रिक तथा प्रगतीशिल विचारधारा प्रति आस्थावान सचेत इटहरीवासी नेकपा एसको संगठनमा स्वत स्र्फुत रुपमा संगठित हुन थालेको बताए ।

266354963_364819252136016_3293775778145576245_n
उपसचिव भण्डारीले इटहरी उपमहानगर क्षेत्रमा रहेका सवै वडाका टोल वस्तीहरुमा टोल, वडा कमिटी गठन अभियानमा ठुलो सख्याँमा युवा विद्यार्थी, महिला, दलित, आदीवासी जनजाती, मधेशी, मुस्लीम, बुद्धीजीबी, शिक्षक, व्यापारीलगायतको समर्थन रहेकाले इटहरीमा पहिलो पार्टीका रुपमा नेकपा एस स्थापित हुने बताए ।
वडा भेलामा नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैत, उपसचिव राजेश भण्डारी, इटहरी उपमहानगरका अध्यक्ष गणेश बुढाथोकी, नगर सचिव बसन्त श्रेष्ठ, प्रदेश एकका सदस्य तारा पोखरेल, सुनसरी जिल्ला सदस्य कृष्णकुमार नेपाल, सर्वेश आचार्यलगायतको सहभागीता रहेको थियो ।

271349004_307393461434071_6527435382575287072_n