विराटनगरः विराटनगरमा स्थापना भएको इष्टर्न कलेज अफ इन्जिनियरिङ्ग प्राविधिक शिक्षा हासिल गर्ने विद्यार्थीहरुको लागि लोकप्रिय बन्न थालेको छ ।
मुलुक संघीयतामा गईसकेको अवस्थामा एक नम्बर प्रदेशको राजधानी रहेको विराटनगरमा रहेको इष्टर्न कलेज विभिन्न विद्याको शिक्षा प्रदान गर्ने कलेजहरुमा अव्वल वन्दै गएको छ ।
सन् २००० मा स्थापना भएको इष्टर्न कलेजले व्यवस्थापन, मानविकी, कृषि, विज्ञान, ईञ्जिनियरिङ तथा चिकित्सा शास्त्रको बिभिन्न तहमा उच्च स्तरिय शिक्षाको अध्यापन गराइरहेको छ ।
बिभिन्न शिक्षामध्ये ईञ्जिनियरिङ शिक्षामा पनि प्रदेश एकले छलाङ मारेको पाइन्छ । प्रदेश एकमा त्रिभुव विश्वविद्यायल, पोखरा विश्वविद्यायल, पुर्वाञ्चल विश्वविद्यायलका आंगिक तथा निजि कलेजहरुले शिक्षा प्रदान गर्दै आएको छन् ।
ईञ्जिनियरिङ शिक्षा प्रदान गर्र्दै आएका कलेजहरु मध्ये एक उत्कृष्ठ कलेज वन्दै गएको ईष्टन कलेज अफ ईञ्जिनियरिङ पछिल्लो समयमा थुप्रै विद्यार्थीको रोजाईको कलेज बनेको देखिन्छ । पूर्वाञ्चल विश्व विद्यालयबाट मान्यता प्राप्त भई शिक्षा दिंदै आएको यस इष्टर्न कलेज अफ इन्जिनियरिङ्गले आई एस ओ ९००१ः२००० सर्टिफाइड पूर्वाञ्चलकै एक उतकृष्टि कलेजको रुपमा स्थापित भएको संचालक प्रकाश मुन्दडाले बताउँछन् ।

a10a5e26-d46d-4749-955a-bcc042cbf19c
बिराटनगर स्थित इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग अहिले पुर्वमा इन्जिनियरिंग अध्ययन गर्न चाहने बिद्यार्थीका लागि रोजाइमा पर्दै गएको छ । कलेजमा बीई सिभिल, बीई कम्पुटर र बीई इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनको कोर्षको लागि नेपाल अधिराज्यबाट भर्ना हुने बिद्यार्थीको संख्या बढिरहेको कलेजले जनाएको छ । दक्ष तथा अनुभवि प्राध्यापक, आवश्यक ईञ्जिनियरिङ प्रयोगशाला, कुशल व्यवस्थापन, अध्ययान अध्यापन तथा अनुसन्धानको उत्कृष्ट वातावरण र अनुशासित विद्यार्थीहरु यस कलेजको गहना भएको प्राचार्य ईन्जिनियर अमित सुरानाले बताए ।

7d1be1d3-f0fb-496b-b2d0-b8a39ea5b760

दुई दशक लामो अनुभव रहेको यस कलेजवाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा कुशल अभियन्ताको रुपमा कार्यरत रहेकाछन् । दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पढाई हुने इष्टर्न कलेज आवश्यक इन्जिनियरिगँ प्रयोगशाला, कुशल व्यावस्थापनकासाथै अध्यन, अध्यापन र अनुसन्धानको उत्कृष्ट वातावरण भएको कलेजको रुपमा चिनिदै आएको छ ।
गुणस्तरिय शिक्षा लिनको लागि भारत र अन्य तेस्रो मुलुक जानु पर्ने आवश्यकतालाई सम्बोधन गर्न इष्टर्न कलेज सफल भइरहेको कलेजका व्यवस्थापन तर्फका कर्मचारी सन्तोस महत बताउँछन् ।