इटहरीः वर्तमान सरकारका मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति र पेट्रोलियम पर्दाथको मूल्य बृद्धिका विरोधमा राष्ट्रिय युवा संघ नेपाल सुनसरीले इटहरीमा शनिवार विरोध प्रर्दशन गरेको छ ।
मन्त्री यादवले एक कार्यक्रममा गौर हत्या काण्ड जस्तै हुने भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् । मन्त्री यादवको अभिव्यक्ति अराजकता भएको युवा संघले ठहर गरेको छ । विरोध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य अरुण गुरुङ युवा संघ केन्द्रिय सदस्य जितेन्द्र थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश बजगाई युवा, संघ नेपाल सुनसरी जिल्ला संयोजक सुजन लामा राष्ट्रिय युवा संघ नेपाल इटहरी संयोजक कमल दाहाल लगायतका युवाहरु उपस्तिथिती रहेको थियो ।

271581054_1020682991996075_5485517108359359113_n
विरोध प्रर्दशन कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल इटहरी अध्यक्ष कमल दाहालले यो सरकार मनपरी ढंगबाट अघि बढेको बताए । सुनसरी सम्योजक सुजन लामले यो परमादेशी सरकारले जनताको ढाड सेक्ने गरी गरेको मुल्यवृद्धिले जनताले सास्ती पाएको बताए । सरकारका मन्त्रीहरुको अराजक अभिव्यक्ति र चर्को मूल्यबृद्धि गरेका कारण युवा संघ बाध्य भएर सडकमा उत्रनु परेको उनले बताए ।

271722387_1174889003319413_9004292993503409844_n