इटहरीः गृह मन्त्रालयले माघ १० गतेदेखि लागुहुने गरी भिजिट भिषामा खाडी मुलुकमा घुम्न जान रोक लगाएको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयका सहप्रवत्ता फडिण्द्रमणि पोखरेलले कोरोना महामारीका विच भिजिट भिषामा खाडी जाने नेपालीको विचल्ली भएको बताएका छन् । माघ १० गतेबाट अर्को सुचना जारी हुन्जेलसम्मका लागि खाडी मुलुकमा भिजिट भिषामा जान रोक लगाइएको गृह मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।