इटहरीः भोक्राहा नरसिंह गाउँपालिकाका जननिर्वाचित पदाधिकारीले नियमविपरित पोशाक खर्चको नाममा गाउँपालिकाको झण्डै साढे चार लाख रकम स्वाहा पारेका छन् ।
प्रदेश एक अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा बनेको ऐन २०७५ अनुसार पदाधिकारीलाई पोशाकको बारेमा केहि उल्लेख गरिएको छैन् । पदाधिकारी , सदस्यको लागि सुविधा निर्धारण गर्दा तोकिएको सुविधालाई अधिकतम मानेर आप्mनो क्षेत्राधिकार भित्र रहि आर्थिक स्रोत तथा क्षमताको आधारमा निर्धारण गर्नुपर्ने भएता पनि भोक्राहा नरसिंह गाउँपालिकाले आफ्ना १८ जना पदाधिकारीलाई पोशाक उपलव्ध गराउँदै पालिकाको ४ लाख ४१ हजार ६ सय १५ रुपैयाँ स्वाहा पारेको छ । गाउँपालिकाले २०७७ बैसाख २ गते गते पोसाक खर्च भन्दै सो रकम निकासा गरेको हो ।
पशुपति इम्पोरीयम सर्टिङ सुटिगका नाममा ३ लाख १५ रुपैया निकासा गरिएको छ भने युनिक टेलर्समा सिलाई वापत १ लाख ४१ हजार ६ सय रुपैया निकासा गरिएको छ । यसरी नियम विपरित पोशाक भत्ताको नाममा लिएको खर्च सम्बन्धित कर्मचारीबाट असुल गरी स्थानिय संचित कोषमा जम्मा गर्न महालेखा परिक्षकले भोक्राहा नरसिंह गाउँपालिकालाई निर्देशन दिएको छ ।
तोकेभन्दा डब्बल बैठक भत्ता
स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धिको ऐनले पदाधिकारीको बैठक भत्ता एक हजार रुपैया निर्धारण गरेको भएता पनि भोक्राहा नरसिंह गाउँपालिकाले मिति २०७७ असार ३१ गते भौचर नम्बर ५४० बाट पदाधिकारीहरु महेन्द्र प्रसाद यादव, मनोज कुमार मेहता, बेचन यादव, धादेवी यादव र इन्दु उराँवले डवल भत्ता लिएका हुन । उनिहरुले एक हजार भत्ता लिनु पर्नेमा २ हजारका दरले भुत्तानी लिएको पाइएको छ । महालेखाले यसरी डबल लिएको भत्ता असुल गरी स्थानिय संचित कोषमा दाखिला गर्न भनेको छ ।
अनुगमननै नगरी अनुगमन भत्ता लिएर सकियो साँढे ३५ हजार
भोक्राहा नरसिंह गाउँपालिकाका पदाधिकारीहरुले एक पटक अनुगमन प्रतिवेदन पेश गरी पदाधिकारी सुविधाको भर्पाइबाट भत्ता उपलव्ध गराईसकेपछि पनि अनुगमन भत्ता पुनः लिएको पाईएको छ । यसरी २०७७ असार ५ गते गाउँपालिकाका पदाधिकारीहरु कलिम मियाँ, इरफान अलि, जलिना खातुन, बिमला मोचीले ४ दिनका दरले अनुगमन गरेको भन्दै ३ हजार ४ सयका दरले भत्ता बुझेका छन् यसैगरी २०७६ मंसिरमा कलिम मिया, इरफान अलि, जलिना खातुन, बिमला मोचीले ३ दिन अनुगमन गरेको भन्दै २ हजार ५ सय ५० रुपैयाका दरले र असोज महिनामा श्यामदेव ठाकुर, ताहिर मियाँ, शुसिला साह, सिता सदाले २ दिनका दरले अनुगमत गरेको भन्दै १ हजार र २०७७ माघमा सिताराम मेहता, कपिलदेव यादव र मेनुका उराँवले २ दुई दिन अनुगमन गरेको भन्दै २ हजार रुपैयाका दरले अनुगमन भत्ता बुझेका छन् । उनिहरुले नियमित अनुगमनको बेला बुझिसकेको रकम दोहोरो बुझेका हुन । महालेखाले सबै पदाधिकारीलाई उनिहरुले बुझेको ३५ हजार ७ सय रुपैया असुल गर्न भनेको छ ।