इटहरी :बढ्दै गएको कोरोना महामारीका कारण इनरुवा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाहमा रोक लगाएको छ ।
नगरपालिकाले बुधबार एक सुचना सार्वजनिक गर्दै अत्यावश्यक सेवाहरु र कार्यलयको आन्तरिक कार्य सम्पादन बाहेकका अन्य कार्य माघ १३ गते सम्म नहुने बताएको हो ।
नगरप्रमुख राजन मेहताद्धारा हस्ताक्षर गरिएको सुचनामा नगरपालिकाका बिभिन्न बिभागमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएकाले नियमिति उपश्थित हुन असमर्थ रहेका र अन्य कर्मचारीमा समेत कोरोना भाइरसको लक्षणहरु देखा परेको भन्दै सेवा दिन नसकिने जानकारी गराएको हो ।inaruwa