बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकामा थप ८ जनामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पोजिटिभ देखिएको छ ।
आज गरिएको परिक्षणमा चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना, प्रकाशपुर स्वास्थ्य चौकिका ३ जना स्वास्थकर्मीलाई ओमिक्रोन
पोजेटिभ देखिएको स्वास्थ्यकर्मी जितेस थापाले जानकारी दिए ।
बराहक्षेत्र नगरपालिका भित्र हाल सम्म १२ जना ओमिक्रोन पोजेटिभ विरामीहरु रहेका छन् ।