इटहरी:जिल्ला प्रशासन कार्यालय सुनसरीको नागरिकताको लागि प्रयोग हुदै आएको सर्भर कम्प्युटरमा समस्या आएपछि तत्कालका लागि नागरिकता वितरण नहुने भएको छ ।
सर्भर कम्प्युटर मर्मतका लागि गृह मन्त्रालयकै प्राविधिक कर्मचारी आउनु पर्ने भएकाले तत्कालका लागि नयाँ नागरिकता वितरण तथा प्रतिलिपि लिने काम तत्काल नहुने बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी द्धारा हस्ताक्षर गरिएको सुचनामा कम्प्युटर सर्भर मर्मत नहुन्जेल नागरिकता वितरण सम्बन्धि कार्य र नागरिकताको अनुसुचि फाराम लिने कार्य नहुने व्यहोरा जानकारी गराइएको छ ।