इटहरी :त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुनै सबै परीक्षाहरु आउँदो आइतबारबाट अर्को सुचना नआएसम्मको लागि स्थगित हुने भएको छन् ।
परीक्षा नियन्त्रण कार्यलयले बुधबार एक सुचना जारी गर्दै पमाघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । बुधबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

यस अघि बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए–नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिएका थिए । काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।