इटहरी :बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरानका विशाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. ४ पाँचकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् । राई बैकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ वैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना तोकिएका व्यक्ति हुन । कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।