विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो ।
सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३–३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २–२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १–१, झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २–२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे, साँघुरीगढी र पाख्रिबासमा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।