इटहरी :सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा मंगलबार भएको तोडफोडको घटनाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन समिति गठन गरेको छ ।

जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले बताएको छ । समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी रहेको जिल्ला प्रसासनले बताएको छ ।

समितिलाई सत्यतथ्य छानबिन गरि ५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । प्रसासनका अनुसार बर्जु सामुदायिक विकास केन्द्रलाई जिल्ला सुरक्षा समितिले निर्णय गरि आवश्यक मापदण्ड पुरा गर्ने सर्तमा महोत्सवको अनुमति दिएको थियो ।

तर पछि नेपाल सिसिएमसिको निर्णय अनुसार सभा सम्मेलन र भेल ागर्न नपाईने भएपछि प्रशासनले कार्यक्रमका लागि दिएको स्वीकृती रद्ध भएको जानकारी समेत गराइसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

माघ २ गते पुनः प्रशासनले गाउँपालिकालाई महोत्सव सञ्चालनको अनुमति आजैबाट खारेज गरिएकोले तत्काल रोक्न पत्राचार गरिएको पनि जिल्ला प्रशासनले जनाएको छ ।

तरपनि आयोजकले महोत्सव बन्द गर्ने निर्णय नगरि विहारका कलाकार खेसरीलाल यादवलाई निमन्त्रणा गरेको र ती कलाकार विभिन्न कारणले महोत्सवमा उपस्थित हुन नसकेको प्रतिक्रिया स्वरुप उत्तेजित भिडले तोडफोड आगजनी गरेको घटनाको पनि प्रशासनले भत्र्सना गरेको छ ।

271754409_3192421094323866_4074704962341122294_n