इटहरीः सुनसरीको बर्जू गाउँपालिकामा पर्ने बर्जू सामुदायिक विकास केन्द्रको आयोजनामा बर्जू तालमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शक एकाएक तोडफोडमा उत्रिए ।
भारतीय भोजपुरी गायक खेसरीलाल यादवलाई महोत्सवको अन्तिम दिन अर्थात मंगलबार स्टेजमा उत्रार्ने भनिएपछि यादवको प्रस्तुती हेर्न आएका दर्शकहरूको भिडले यादव नआउने जानकारी पाएपछि शुरुमा महोत्सव स्थलको काउन्ट कक्ष तोडफोड गरे । महोत्सव आयोजक समितिले दुई दिन देखिनै खेसरीलालको कार्यक्रमको लागि तीन सय र पाँचको टिकट अग्रिम बिक्री गरेको थियो ।
पुष २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।
खेसरीलाल नआएपछि दर्शकहरूले स्टेज, साउण्ड सिस्टमदेखि कुर्सी र पार्किङ गरि राखिएको ४ वटा स्कारपियो, एक सिटी सफारी र एक बाइकमाथि आगजनी गरेका थिए । आक्रोशित दर्शकले तोडफोड र आगजनीमा उत्रिएपछि सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न मुस्किल परेको थियो । त्यसमा क्रममा प्रहरीले संयमता अपनाउँदै १५ सेल अश्रु ग्याँस फायर गरेको थियो ।
त्यस क्रममा इलाका प्रहरी कार्यालय दुहबीको गाडी समेत तोडफोड भएको छ भने ४ जना प्रहरी घाइते भएका थिए ।

270768098_661786378180988_2710443249781732322_n

गाउँपालिका अध्यक्षको दम्भको कारण भयो घटना !
 बर्जू गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले महोत्सव आयोजनाको विषयमा प्रशासनको आदेशलाई अवज्ञा गर्दा यस्तो स्थिति भएको बताइएको छ । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । तर अध्यक्ष चौधरीले ‘स्थानीय सरकार आफु भएको र मेरो गाउँपालिकामा भएको कार्यक्रम रोक्ने अधिकार कसैलाई नभएको’ भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग विवाद गरेको स्रोतको दाबी छ ।
सोमबार दिउँसो मात्र पनि सिडियो साँवले केही राजनीतिक दलका नेता बिच भएको छलफलमा बर्जू गाउँपालिकाका अध्यक्ष चौधरीले ‘मेरो राज्यमा कसैको आदेश चल्दैन’ भन्ने गैर जिम्मेबारी अभिव्यक्ति बोलेका थिए ।

271729530_4431388653639588_7043663476000605845_n

‘सिडियो साँवले मङ्गलबारको महोत्सव रोकौ भनेर धेरै पटक आग्रह गर्नुभयो’ छलफलमा सहभागी एक नेताले भने ‘तर अध्यक्षको बोली व्यवहार अत्यन्त रुखो थियो ।’
कलाकार खेसरीलाललाई प्रशासनले जसरी पनि रोक्ने अडान लिएपछि अध्यक्ष चौधरी ‘रोकेर देखाउनु’ भन्दै छलफलबाट बाहिरिएको ति नेताको भनाई छ ।
अध्यक्ष चौधरीले छलफलकै क्रममा मेला आयोजक समितिका अध्यक्ष रहेका सन्तोष उराँवलाई फोन मार्फत ‘प्रशासनको कुनै डर नमानी मेला सञ्चालन गर्न’ समेत भनेका थिए ।
छलफलमा सहभागी अर्का एक नेताले भनेः ‘अहिले मेला स्थलमा भएको क्षतिको जिम्मेबारी प्रशासनले लिनुपर्छ भनेर अध्यक्ष चौधरी बोल्दै हिडेका छन् ।’ प्रशासन नभइ अध्यक्ष आफैले घटनाको सबै जिम्मेबारी लिनु पर्ने उनको तर्क छ ।
‘मङ्गलबारको घटनाको सम्पूर्ण जिम्मेबारी बर्जू गाउँपालिकाका अध्यक्षले लिनुपर्छ’ ति नेताले भने । बर्जू गाउँपालिकाका अध्यक्ष चौधरी काग्रेस पार्टीबाट निर्वाचित अध्यक्ष हुन । काग्रेस पार्टी सरकारमा रहेको कारण अध्यक्षले प्रशासनको आदेश नटेरेको ती नेताको भनाई छ ।

271660609_1083273685572263_4900445657879868647_n
यता प्रहरीले पनि महोत्सव स्थलमा भएको तोडफोड र आगजनी रोक्न धेरै प्रयास गरेको बताएको छ । ‘महोत्सव स्थलमा हजारौको संख्यामा महिला तथा बालबालिकाहरु थिए, आगजनी र तोडफोड रोक्न लाठीचार्ज गर्दा भागदौड हुन्थ्यो, जसले गर्दा धेरैको ज्यान जाने अवस्था थियो’ घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने ‘आँगजनी र तोडफोड रोक्न नसकेपनि प्रहरीको संयमताले आज धेरै ठुलो घटना टर्यो ।’
महोत्सव सुरक्षार्थ खटिएका प्रहरीमाथि मेला आयोजक समितिका केही व्यक्तिहरुले प्रहरीमाथि सुरु देखिनै नराम्रो व्यवहार गर्ने गरेको ति प्रहरी अधिकृतको भनाई छ ।