इटहरीः सुनसरी जिल्लाको बुर्जु गाउँपालिका स्थित बुर्जु तालमा आयोजना गरिएको महोत्सवमा आउने भनिएका भारतीय नायक नआएपछि स्थानीयले कार्यक्रम स्थलमा तोडफोड तथा आँगजनी गरेका छन् ।
महोत्सवमा आउने भनिएका भारतीय नायक तथा गायक खेसरीलाल यादव नआएपछि उनका फ्यानहरुनै तोडफोड तथा आँगजनीमा निस्किए पछि स्थिती तनावग्रस्त भएको छ ।
स्थिती नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ । मोहत्सवमा आगजनी र तोडफोड गर्नेहरुलाई सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकिरहेको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी र एम्बुलेन्स तीन वटा दमकल घटनास्थल पुगेका छन् । खेसरीलालका शुभचिन्तकले चार वटा सवारीसाधनमा आँगजनी गरिएको छ । कार्यक्रम स्थलमा रहेका दर्जनौ सवारीसाधनमा तोडफोड गरेको बताइएको छ ।

barju-mahotsav-todfod
नेपाल प्रहरीको दंगा टोली र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ । भिडभाड र हुल्दुगाँ बढेपछि बिराटनगर प्रहरीले खेसरीलाललाई विराटनगरमै रोकेको बताइएको छ । कोरोना संक्रमण बढिरहेको र संघीय सरकारको गृहमन्त्रालयले सभा सम्मेलन, कार्यक्रम गर्न रोक लागएको थियो । सोही अनुरुप जिल्ला प्रशासन कार्यालयले एक दिनअघि नै सो कार्यक्रम स्थगित गर्न आयोजक र स्थानीय सरकारलाई पत्राचार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको पत्राचारलाई वेवास्था गरि आयोजकले खेसरीलाल यादव आउने भन्दै टिकट बिक्री गरेको थियो । टिकट लिएकाहरु समयमै कार्यक्रम स्थल पुगेका थिए । अन्तिममा आयोजकले खेसरीलाल प्राविधिक कारणले नआउने बताएपछि उनका फ्यानहरु आक्रोशित भई जथाभावी तोडफोड र आँगजनीमा उत्रिएका हुन् ।