बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर र बराहक्षेत्र ७ बाङ्गेबाट नियन्त्रित लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र १० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो ९६ टयाब्लेट, नाइट्रोजन ५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो  प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ति टोलीले बराहक्षेत्र ७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ । प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।