बराहक्षेत्रः नेकपा एमालेको ७ औं जिल्ला अधिवेशनले सुनसरी जिल्ला पदाधिकारीको टुङ्गो लगाइसकेको छ । जसमार्फत बराहक्षेत्रका दुई उम्मेदवार विजयी भेएका छन् । बराहक्षेत्र नगरप्रमुख समेत रहेका निलम खनाल जिल्ला उपाध्यक्षमा निर्वाचित भएका छन् भने बराहक्षेत्रकै अर्का उमेदवार योग्यराज खड्का सहसचिवमा निर्वाचित भए ।
पदाधिकारी २ बाहेक जिल्ला कार्यसमितिमा बराहक्षेत्रबाट मात्रै ३२ जनाले सदस्य पदका लागि उम्मेद्बारी दिएको नगर अध्यक्ष गजेन्द्र थापाले जानकारी दिएका छन् । विभिन्न कोटातर्फबाट ३२ उम्मेद्बारी दिएका भएपनि १० जना मात्र विजयी भएका छन् ।
बराहक्षेत्रबाट भुगोल महिलामा २ आवश्यकमध्ये आरती भट्टराई, कमला मगर, कबिता गोले, नन्दकुमारी राईको उम्मेद्बारी परेको थियो । जसमा आरती र नन्दकुमारी विजयी भइन् ।
त्यस्तै, भूगोल खुल्लाबाट ६ जना निर्वाचित हुनुपर्नेमा १५ जनाको भिडन्त थियो । आशाराम चौधरी, डम्बरप्रसाद सिग्देल, तीर्थ माझी, दीपक कुमार लिम्बू, पहलमान बस्नेत, पुष्पराज ढुङ्गाना, पोषराज भट्टराई, भेषराज कार्की, रबिन घिमिरे, राजु अधिकारी, रामबहादुर राय, रुद्रबहादुर दाहाल, विष्णु घिमिरे, शारदा प्रसाद दाहाल र सुरज भण्डारीको उम्मेद्बारी थियोे ।
जसमा बराहक्षेत्र ४ नम्बर वार्डका अध्यक्ष समेत रहेका आसाराम चौधरी सर्वाधिक मत १ हजार १ सय २, बराहक्षेत्र ९ नम्बर वार्ड अध्यक्ष समेत रहेका दिपककुमार लिम्बू ८ सय ७०, बराहक्षेत्र ३ नम्बर वार्ड अध्यक्ष समेत रहेका रुद्रबहादुर दाहाल ७ सय २७, तिर्थराज माझी ७ सय ७, सुरज भण्डारी ६ सय ९० र भेषराज कार्की ६ सय ८८ मतका साथ विजयी भएका छन् ।
त्यस्तै, पदम माझी, बिबेक श्रेष्ठ, बसराज लिम्बू, तपेन्द्र राई, मणि राई र रमेश श्रेष्ठ आदिवासी जनजातितर्फ उम्मेद्बारी दिएकोमा पदमबहादुर माझी ६ सय ५३ मतका साथ विजयी भए । त्यस्तै, मधेसीतर्फबाट अशोक यादब विजयी भएको बताइएको छ ।
त्यस्तै, हरि पौडेल, देबि प्रसाद चौलागाईं, भीष्म नारायण अधिकारी, हरि श्रेष्ठ, श्यामकुमार भण्डारीले खुल्ला पुरुषतर्फका उमेदवारहरुले उम्मेद्बारीमै चित्त बुझाएका छन् ।
यता, बराहक्षेत्रकै साजिद हुसेन र सराजद्विन अन्सारी (सराज)ले मुस्लिम कोटातर्फ दिएको उम्मेद्बारी पनि उम्मेद्बारीमै सीमित बनेको छ ।