इटहरीः नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट आदिवासी जनजाति तर्फ धरानका युवा नेता टिकाराम माङ्लेन लिम्बू सहित ६ जना निर्वाचित भएका छन् । निर्वाचित ६ जना मध्ये टिकारामले सबैभन्दा बढी मत ल्याएका छन् ।
टिकारामले ६ सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरि पदमबहादुर माझीले ६ सय ५३ मत, गणेश प्रधान ५ सय ७५ मत, गोपाल सुनुवार ५ सय ५४ मत, विरबहादुर लिम्बू ५ सय ३५ मत र सोमबहादुर श्रेष्ठ ५ सय ३४ मत प्राप्त गरि जिल्ला सदस्यमा विजयी भएका छन् ।
पराजित हुने जयनारायण उरावले ४८० मत, रमेश श्रेष्ठ ४७२, मनिकुमार राई ४५०मत, टेकबहादुर राई ४३९ मत, विवेक श्रेष्ठ ४३९ मत, राजकुमार राई ३८४ मत, नारायण लिम्बू ३७९ मत ल्याएका छन् ।