इटहरीः नेकपा एमालेको सातौं जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट खुल्ला सदस्य र महिला सदस्य गरि १८ जना विजयी भएका छन् । खुल्ला पुरुष तर्फ १२ जना र महिला तर्फ ६ जना गरि जम्ममा १८ जना विजयी भएका हुन् ।
पुरुष तर्फ १२ जनाका लागि जिल्ला भरीबाट ४९ जनाको उम्मेद्वारी परेको थियो । ६ जना महिलाका लागि जिल्ला भरीबाट ११ जनाको उम्मेद्वारी परेको थियो ।
इटहरी उपमहानगर वडा नम्बर ६ का वडा सदस्य अरुण गुरुङले सबैभन्दा बढी मत प्राप्त गरि विजय हासिल गरेका छन् । महिला तर्फ कानून अधिकारीले सबैभन्दा बढी मत ल्याई विजय भएकी छन् ।
निर्वाचन परिणाम अनुसार गुरुङले ७ सय ३५ मत प्राप्त गरेका छन् । महिला तर्फकी अधिकारीले ९ सय १४ मत प्राप्त गरेकी छन् ।
पुरुषतर्फ देवानन्द मेहता ६ सय २३ मत, गायत्री लम्साल ६ सय १६ मत, अमित कुमार राई ६ सय १२ मत, हरिप्रसाद पोखरेल ५ सय ९८ मत , रेवतीप्रसाद घिमिरे ५ सय ६१ मत, नन्दकुमार बस्नेत ५ सय ४१ मत प्राप्त गरि जिल्ला सदस्यमा विजयी भएका छन् ।
त्यसैगरि पदमप्रसाद लिम्बू ५ सय ३२ मत, कृष्णप्रसाद भट्टराई ५ सय २९ मत, नवराज राई ५ सय २४, होमनाथ धमला ५ सय ९ मत र केदार लामिछाने ४ सय ९९ मत ल्याई जिल्ला सदस्य पदमा निर्वाचित भएका छन् ।
महिला सदस्य तर्फ कानून अधिकारीले ९ सय १४ मत ,हिमादेवी ओझा कार्कीले ७ सय ८५ मत, मौसम राईले ७ सय ५३ मत, ज्ञानु कार्की ७ सय ५३ मत, सृजना नेपाली ७ सय ४९ मत र तुलसा दाहालले ६ सय ८१ मत प्राप्त गरि जिल्ला सदस्य पदमा विजयी हासिल गरेका छन् ।