इटहरीः नेपाल कम्युनिष्ट पार्टी एमालेको सुनसरी जिल्ला अधिवेसनबाट रामधुनी नगर भुगोलबाट छ जना जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमाले सुनसरी जिल्लाको सातौँ जिल्ला अधिवेसनबाट रामधुनी नगर भुगोलबाट रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरी सहित ७ जना निर्वाचित भएका हुन ।
निर्वाचित हुने जिल्ला सदस्यहरुमा वडा नम्बर ५ का वडा अध्यक्ष डेगराज फुयाल, वडा नम्बर ८ का अध्यक्ष रुद्र बस्नेत र अनिलराज धामी छन् । त्यसैगरी वडा नम्बर ७ का अध्यक्ष केसव गौतम पनि जिल्ला सदस्यमा निर्वाचित भएका छन् । उता महिला तर्फ भने रामधुनी नगर भुगोलबाटै रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरी र तारा थापा निर्वाचित भएका छन् । त्यसै गरि थारु कोटा बाट शंकर लाल चौधरी पनि सुनसरी जिल्ला सदस्य मा निर्बाचित भएका छन ।