झापाः झापाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती पौने ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका ९ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज ५ प १७३१ नम्बरको मोटरसाईकलले बाटोमा हिडिरहेका पैदल यात्री स्थानीय ५४ बर्षीय करण बहादुर खडकालाई ठक्कर दिंदा खड्का घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी विर्तामोडको विएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी झापाकै बाह्रदशी गाउँपालिका ६ मा शनिवार साँझ मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ आउदै गरेको प्रदेश १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाईते भएका बिर्तामोड ६ का २० बर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।