इटहरीः नेकपा एमाले सुनसरी जिल्लाको सातौं महाधिवेशनमा युवा विद्यार्थी तर्फको निर्वाचनमा इटहरी निवासी अनेरास्ववियुका केन्द्रिय सदस्य जीवी गजलले सबैभन्दा बढी मत प्राप्त गरि पार्टीको जिल्ला सदस्य पदमा विजयी भएका छन् । उनीसंगै विद्यार्थी तर्फ ४ जना पार्टीको जिल्ला सदस्यमा विजयी भएका छन् ।
गजल ७ सय ९५ मत ल्याई विजयी भएका हुन् । त्यसैगरि ६ सय ११ मत ल्याई जिल्ला सदस्यमा ईश्वरबिक्रम शाही, ५ सय ७८ मत ल्याई एकराज दाहाल र विद्यार्थीको पनि महिला तर्फ अन्जु पाण्डेले ८ सय ३७ मत प्राप्त गरि विजयी भएकी छन् ।

GB photo 2
त्यसैगरि ३ जना युवा विद्यार्थी तर्फ भएको निर्वाचनमा ११ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनमा पराजित भएका विद्याथी अर्जुन बिस्टले ४९२ मत, माङ्लेन लिम्बु (अर्जुन )ले ४४७ मत, बिनोद राईले ४३३ मत , प्रलाद बस्नेतले ३८१ मत ल्याएका छन् । त्यसैगरि अन्य पराजित सौरभ सन्जेलले ३७५ मत,मनिस कुमार यादवले ३०९ मत, बिजय बस्नेतले २८३ मत र गौरव राणाले १८४ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै महिला विद्यार्थी तर्फ पराजित उम्मेद्वार मोनालिशा श्रेष्ठले ६४२ मत प्राप्त गरेकी छन् ।