इटहरीः नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट भूगोल तर्फको खुल्लामा भएको मतदानमा धरानबाट ७ जना पुरुष उम्मेद्वार र ३ जना महिला उम्मेद्वार विजयी भएका छन् ।
धरान भूगोलबाट ऋषीराज राई १ हजार १ सय २४ मत प्राप्त गरि जिल्ला सदस्यमा विजयी भएका छन् । त्यसैगरि नारायण प्रसाद सुवेदीले १ हजार ७ मत, मिनकुमार सुब्बाले ९ सय ४१ मत, राजमणि निरौलाले ९ सय १४ मत प्राप्त गरि जिल्ला सदस्य पदमा निर्वाचित भएका छन् ।
त्यसैगरि हेमराज सुवेदीले ९ सय, जयन्त गौतमले ८ सय ३८ र नरेश शिवरामले ७ सय ९३ मत प्राप्त गरि जिल्ला सदस्य तर्फ विजय हासिल गरेका छन् ।
खुल्ला महिला तर्फ सविता राई १ हजार २ सय ५ मत, इन्द्रकला राईले १ हजार १ सय ६९ मत र लिला राईले १ हजार १ सय ६३ मत प्राप्त गरि जिल्ला सदस्य पदमा विजय हासिल गरेका छन् ।