इटहरीः नेकपा एमाले इटहरीका सह इन्चार्ज पूर्व जनप्रतिनिधि बन्नुलाल चौधरीले इटहरी भूगोल तर्फबाट सबै भन्दा बढी मत ल्याएर नेकपा एमाले सुनसरीको जिल्ला सदस्य पदमा विजयी हासिल गरेका छन् । निष्ठानको राजनिति गर्ने उनले एमालेको सातौं महाधिवेशनमा भएको निर्वाचनमा इटहरी भूगोल तर्फ ८ सय ७ मत प्राप्त गरि जिल्ला सदस्यमा विजयी हासिल गरेका हुन् ।
इटहरी भूगोल तर्फ नै उमेश पौडेलले ७०२, रुपेश बजगाईले ५९९,केशब बस्नेतले ५७१, पेशल लम्सालले ५६६, बालकृष्ण कार्कीले ५४८ र कल्याण कार्कीले ५४८ मत प्राप्तद गरि जिल्ला सदस्य पदमा विजयी हासिल गरेका छन् । विजयी मध्ये कार्की इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुन् ।
त्यसैगरि इटहरी खुल्ला महिला तर्फ गंगाकुमारी गुरुङ्,बिष्णु शर्मा नेपाल र ठण्डामाया भण्डारी विजयी भएका छन् । गुरुङले १ हजार २ सय ८३, शर्माले १ हजार २ सय २१ र भण्डारीले १ हजार २५ मत प्राप्ग गरि विजयी भएकी हुन् ।