बराहक्षेत्रः नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ कार्यसमितिको पहिलो पुर्णबैठकले कार्यसमिति बिस्तार गरेको छ ।
वडा सभापति नुतन कुमार धामीको सभादक्ष्यतामा शनिबार (आज) बसेको पहिलो बैठकले कोषाध्यक्षमा वडा कार्यसमिति सदस्य महिलाबाट खत्रीलाई चयन गरेको हो ।
त्यस्तै, वडा कार्यसमितिको विद्यमान व्यवस्था अनुरुप टोल समिति गठन गरिदै जाने निर्णय गरिएको सभापति धामीले जानकारी दिए । साबिकका ५ वटा वार्ड मिलेर बनेको यस वार्डमा रहेका ९ वटा टोलमा आगामी ४ गतेदेखी समिती गठन गरिदै लैजाने भएको छ ।
वार्ड कार्यसमितिको पार्टी कार्यालय स्थापनाको लागि जग्गा र केही रकम सहयोग समेत उपलब्ध भइसकेकोले अबको केही समयमा पार्टी कार्यालयको आफ्नै भवन निर्माण थालिने बताइएको छ । चुनावी अभियानलाई लक्षित गरेर विभिन्न राजनीतिक गतिविधिहरूमा सकृयता देखाउन वार्ड कार्यसमिति लागि परेको हो ।
जम्टोकीमा भएको बैठकमा नगरसमिति सहसचिव दिवानसिंह राई  , प्रदेशसभा क्षेत्र नम्बर १(ख) सचिव राजेन्द्र खड्का, प्रदेश महाधिवेशन प्रतिनिधि पुस्कल पराजुलीसहित क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वार्डका अग्रज नेता काशीराम चौधरीले माघे संक्रान्ती तथा यलम्बर संवतको शुभकामना दिए । स्थानीय तहको चुनाव नेपाली कांग्रेसलाई वार्डमा कसरी विजय गराउने भनेर वार्ड कार्यसमिति केन्द्रित भई काम गर्न शुरू भएको बताइएको छ ।