धनकुटा :धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित कोशी लोकमार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ जिल्ला बबई गाऊपालिका वडा नम्बर ३ का २१ बर्षीय नविन बि.क. रहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शुक्रबार बिहान ५ बजे धनकुटाबाट बसन्तपुर तर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको प्रहरीको भनाई छ । घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिइ कानुनी प्रकृया पुरा गरेको र शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको बताइएको छ ।