उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिक ३ स्थित पुर्बपश्चिम राजमार्गमा पर्ने सोल्टी खोला पुलको डिभाइडरमा म्याजिक भ्यान अनियंत्रित भै ठोक्किर दुर्घटनामा परेको छ ।
बिराटनगर बाट खाद्यय सामाग्री बोकेर झापाको दमकका लागि हिडेको प्रदेश १-०२००२च ४२६७ नम्बरको म्याजिक भ्यान अनियंत्रित भै पुलको डिभाईडरमा ठोक्किन पुगेको प्रहरिले जनाएको छ ।
दुर्घटनामा परि भेनका चालक बिराटनगर बस्ने अजय कुमार शाहको हात र खुट्टामा सामान्य चोट लागेको छ । भने कामदार सद्दाम हुसेन र अनवर अन्सारी लाई सामन्य चोटपटक लागेको अस्थाई प्रहरी चौकी मगलबारेका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधानले बताए ।

270401453_1989560614581395_982806134319043054_n
प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रवार बिहान करिब ६स्३० बजेको समयमा भएको दुर्घटनामा भेनका चालक निदाएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । घट्नाको बिस्तृत अनुसन्धानका लागि भेन र भेनका चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
यस अघि सोही पुलमा बुधबार बिहानै मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा उर्लाबारी-७ बस्ने निस्चल बानियाँको घटनास्थलमै मृत्यु भएको थियो ।