इटहरी :नेकपा एमाले सुनसरी जिल्ला कमिटिको अध्यक्ष पदका लागि भएको निर्वाचनमा रेवतीरमण भण्डारीले जित्ने पक्का भएको छ ।
दुई जना संस्थापन इत्तर प्रतिस्पर्धी रेवती रमण भण्डारी र खेमराज पोखरेलको कडा प्रतिस्पर्धा भएको चुनावको ताजा परिणाम भण्डारीको पक्षमा छ भने पोखरेल उनको पछाडी पछाडी छन् ।
आफुलाई भ्रष्टाचार विरोधी भाइरल मेयरका रुपमा परिचित गराउन लागि परेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अध्यक्ष पदमा लज्जास्पद हार व्यहोरेका छन् ।
पार्टीको सातौं जिल्ला अधिवेशनको पछिल्लो मतगणना अनुसार १७ सय मत गणना गरिसक्दा उनले जम्मा ७६ मत मात्र प्राप्त गरेका छन् ।
बिजय उन्मुख गरेका रेवती रमण भण्डारीले ८ सय ६२ र अर्का प्रत्यासी खेमराज पोखरेलले ७ सय ३३ मत ल्याएका छन् ।
नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा इटहरी निवासी एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका रेवतीरमण भण्डारीले जित्ने पक्का भएको हो ् । भण्डारीले उनलाई पछ्याउँदै गरेका पोखरेलको भन्दा एक सय २९ मतले अगाडी छन् । मत परिणाम अहिले केहि छिनमै आउने र भण्डारीको जित घोषणा हुनमात्रै बाँकि रहेको बताइएको छ ।