इटहरी :नेकपा एमाले सुनसरी जिल्ला कमिटिको अध्यक्ष पदका लागि भएको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले हार व्यहोर्ने लगभग पक्का भएको छ ।
आफुलाई भ्रष्टाचार विरोधी भाइरल मेयरका रुपमा परिचित गराउन लागि परेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भन्दा उनका प्रतिद्धन्दि खेमराज पोखरेल र रेवतीरमण भण्डारीको मतान्तर निकै ठुलो भएकाले नेकपा एमाले सुनसरीको जिल्ला अध्यक्ष पदमा लज्जास्पद हार हुने प्रायः निश्चित भएको हो । पार्टीको सातौं जिल्ला अधिवेशनको पछिल्लो मतगणना अनुसार १४ सय मत गणना गरिसक्दा उनले जम्मा ७४ मत मात्र प्राप्त गरेका छन् ।
उता चौधरीको प्रतिदन्दिको रुपमा रहेको रेवती रमण भण्डारीले ६ सय ९७ र अर्का प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मत ल्याएका छन् । नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा इटहरी निवासी एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका रेवतीरमण भण्डारीले नै अग्रता कायम राखेका छन् । भण्डारीले उनलाई पछ्याउँदै गरेका पोखरेलको भन्दा ९१ मतले अगाडी छन् ।
अहिले सम्मको परिणाम हेर्दा भण्डारी र पोखरेलविच प्रतिस्पर्धा हुने देखिएको छ भने चौधरी लगभग किनारा लागेका छन् । भण्डारी र पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् ।
अव ४ सय ५ मत गन्न बाँकि छ ।