इटहरीः नेकपा एमाले सुनसरीको स्थगित मतगणना शुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार ४०० मत गन्दा जिल्ला अध्यक्ष पदमा रेवतीरमण भण्डारीले अग्रता लिएका छन् ।
उनले २०० मत प्राप्त गरि अग्रता कायमै राखेका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी खेमराज पोखरेलले १ सय ७० मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले २२ मत मात्र प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा निलम खनालले २ सय २४ मत ल्याई अग्रता लिएका छन् । उपाध्यक्ष पदका अर्का प्रत्यासी नन्दकुमार बस्नेतले १ सय ४९ मत प्राप्त गरेका छन् । उप सचिवमा राम कोइरालाले अग्रता लिएका छन् । उनले २ सय २ मत प्राप्त गरेका छन् । योग्यराज खड्काले १ सय २२ मत प्राप्त गरेका छन् । अन्जनीकुमार पोखरेलले १ सय ४ मत, लोकेश निरौंलाले १ सय ११ मत, पदमकुमार लिम्बूले १ सय २ मत, अर्जुन गहतराजले ५७ मत र लहरुमाया जिमीले ४७ मत प्राप्त गरेकी छन् ।