इटहरीः बलात्कारको आरोप खेलिरहेका सुनसरीको चतराधाममा सिद्धबाबा भनेर चिनिने कृष्ण बहादुर गिरीलाई उन्मुत्ति दिन सेटिङ्ग भएको हुन सक्ने आरोप लागेको छ ।
पिडित महिलाका अनुसार सिद्धबाबा विरुद्ध मंगलबार हुने भएको पेशी हेर्न नभ्याउनेमा परेको छ भने अव फैसलाको लागि अर्को पेशी पखिर्नुपर्ने भएको छ ।
मंगलबार अन्य पाँच वटा मुद्धा पेशीमा परेका कारण अरु हेर्दाहेर्दै सिद्धबाबा विरुद्धको पेशी हेर्ननभ्याइनेमा परेको हो ।
जिल्ला अदालत सुनसरीमै सिद्धबाबा विरुद्धको मुद्धामा ठुलाको प्रभाव भएको र पिडित पक्षले मंगलबारको पेशी रोक्ने आशय बनाएको भएता पनि विपक्षमा सेटिङ्ग भएको कारण त्यति मुद्धामा बहस गर्न काठमाण्डौबाट ठुलो संख्यामा वकिलहरु पठाइएको समाचार स्रोतको भनाई छ ।
निवेदकको आग्रहमा तीन पटक सम्म पेशी सार्न पाइने भएता पनि सरकारी वकिलले मंगलबारको पेशी कुनै हालतमा नसार्नु भनि आग्रह गरेको र पिडककै पक्षमा फैसला गर्नका लागि काठमाण्डौबाट जम्बो टोली खटिएको स्रोतले बताएको छ ।
बलात्कार आरोपी पिडक सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीकै आश्रम चतराधाममा राष्ट्रपति बिद्यादेवि भण्डारीकी आमा समेत बस्दै आएको हुनाले राष्ट्रप्रमुख देखि लिएर सबै ठुलाबडा सिद्धबाबालाई उन्मुक्ति दिने पक्षमा रहेको पाइन्छ ।
सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्ध सुनसरी जिल्ला अदालतमा बलात्कारको मुद्दा चलेको थियो । उनलाई जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो तर उक्त आदेश उल्ट्याएर उच्च अदालत विराटनगरले थुनामा पठाउन आदेश दियो भने सर्वोच्च अदालतले उच्च अदालतको आदेशलाई सदर गर्यो ।
सुनसरी जिल्ला अदालतमा चलेको मुद्धामा सिद्धबाबालाई सफाई दिने न्यायाधीश अर्जुन कोइरालालाई उच्च अदालतको न्यायाधीशमा बढुवा गरेर अर्कै कार्यलयमा पठाइसकिइएको छ भने सिद्धबाबालाई उन्मु्त्तिदिन के गर्न सकिन्छ भनेर केन्द्रदेखि चलखेल भइरहेको समाचार स्रोत बताउँछ ।
न्यायपरिषदले गरेको यो पदोन्नतीका विरुद्ध केहि आवाज उठेपनि त्यो राष्ट्रपतिको चाहाना अनुसार गरिएको सार्वजनिक भएको थियो ।आफुहरु न्याय पाउनको लागि दौडधुप गरिरहेता पनि राष्ट्रपतिदेखि न्यायलय सम्मकै ठुला भनिएकाहरु सिद्धबाबाको पक्षमा भएकाले गाह्रो भएको पिडित महिला सुनाउछिन् । ।