इनरुवाः नेकपा एमाले सुनसरीको सातौं अध्यक्ष सहित १३५ पदका लागि निर्वाचन सुरु भएको छ । जिल्ला निर्वाचन कमिटि सुनसरीका निर्वाचन अधिकृत सुमन ढुंगेलका अनुसार दिउसो १२स्३० देखि निर्वाचन सुरु भएको हो ।

१० बजे देखिनै सुरु हुने भनिएपनि निर्वाचन प्रमुख गोबिन्द मिश्रले हस्ताक्षर गर्न ढिलाई भएपछी अढाई घाटा ढिलो सुरु भएको हो । निर्वाचनको लागि ४ किसिमको ५ ओटा मतपत्र रहेका छन् । जसमा पदाधिकारी, भूगोल, क्लस्टर र दुई वटा खुल्ला सदस्यको मतपत्रको व्यवस्था गरिएको छ ।

अधिवेशनमा २१ सय ५० जना अधिवेशन प्रतिनिधिहरुले मतदान गर्नेछन् । जसको लागि ११ ओटा बुथहरुको व्यवस्था इनरुवा स्थित जेलफिल्डमा गरिएको छ ।

271210861_353046906221329_4933210195048624094_n

अध्यक्षमा तिन जना रेवतीरमण भण्डारी,द्वारिकलाल चौधरी र खेमराज पोख्रेल प्रतिस्पर्धामा छन् । विहान १० बजेदेखि मतदान गर्ने भनिए पनि मतपत्रमा निर्वाचन अधिकृत गोविन्द मिश्रको हस्ताक्षर गर्न ढिलाई भएका कारण मतदान अढाइ घण्टा पछि धेकेलिएको हो ।

पहिलो मत सह–सचिव पदका उमेदवार अर्जुन गहतराजले हालेका छन् । उनका अनुसार एक जनालाई मतदान गर्न कम्तिमा १५ देखि २० मिनेटको समय लाग्ने देखिएको छ । यहि आधारमा पनि एमाले सुनसरीको मतदान राति अबेरसम्म हुने आँकलन गरिएको छ । सुनसरीमा सचिव र विभिन्न पदमा १६ जना निरविरोध भए पनि अध्यक्षसहित अन्य पदका निर्वाचन भएको थियो ।