अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने

  • पुस २७, २०७८
  • ८० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् ।

चलचित्र ‘बिर बिक्रम’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री दिया पुनले ह्याप्पी डेज,’मिस्टर झोले’,’दया रानी’ र ‘मन्त्र’ जस्ता चलचित्रमा काम गरि सकेकी छन्। दियाले सौगात मल्ल संग स्क्रिन शेयर गरेको चलचित्र ‘मन्त्र’ सामान्य अवस्था रहेमा यहि माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने छ। दिया चलचित्र ‘मन्त्र’को प्रचार प्रसारका लागि नेपाल आउने तयारीमा पनि रहेकी छन् ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ ले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

deeya 2

हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेण्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने अधूरै रह्यो ।

सन् २०२२ मा सगरमाथा चढ्ने उनको पुरानै योजना हो तर कोभिड महामारीका बेला बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा उनले बिरामीको मात्र होइन धेरै सहकर्मीको मानसिक स्वास्थ्य स्थितिलाई नजिकबाट नियाल्न पाइन् । त्यसैले सगरमाथा आरोहण यात्रालाई उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।

deeya-pun-mantra

उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फस्र्ट रहेका छन् ।

‘कोभिडका बेलामा धेरै नर्सहरुको मानसिक स्वास्थ्यमा असर पर्यो । कतिले अर्कै पेशा रोजेको पनि देखेँ । त्यसैले सगरमाथा चढ्दा आफ्नो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीहरुका लागि केही सहयोग गरौँ भन्ने उद्देश्य राखेको हुँ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

गृहको पत्र मोरङ्ग जिल्ला प्रशासनलाई,नोवेल मेडिकल कलेजका सन्चालकलाई पक्राउ गर

इटहरीः सरकारले तोकेभन्दा बढि रकम लिएर मेडिकल अध्ययन गराएको आरोप लागेका बिराटनगर स्थित नोवल मेडिकल कल ...

सप्तकोशी डेभलपमेन्ट बैँक घोटला प्रकरण, अपचलन भएको रकम जाडपार्टी र जग्गा कारोबारमा

इटहरीः सप्तकोशी डेभलपमेन्ट बैङ्क बिराटनगरबाट अपचलन भएको ठुलो अंकको रकम बैँकका सिइओ नविन सुवेदीले जाड ...

प्रदेश १ मा ३ जनाको मृत्यु, ११३५ जनामा कोरोना संक्रमण

विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको प ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2022 - pradeshportal.com All rights reserved