इटहरीः प्रेस चौतारी सुनसरीको सातौँ अधिवेशनले पहिलो पटक महिला अध्यक्ष चयन गरेको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको उपस्थितिमा भएको अधिवेशनले सुभद्रा प्याकुरेलको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो ।
प्रेस चौतारी सुनसरीको उपाध्यक्षमा विकास चाम्लिङ र विमला कश्यप भएका छन् भने सचिवमा दिनेश गजमेर र उपसचिव क्रमशः वसन्त वान्तवा र केदार बस्नेत चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनको क्रममा नेतृत्व सहित दुई पत्रकार र प्रेस चौतारी सुनसरिका पूर्व अध्यक्षहरूलाई सम्मान गरेको थियो । सातौँ अधिवेशनको क्रममा ब्लास्ट दैनिकका सम्पादक तथा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका किशोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गरेका थियो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले सृजनशील पुरस्कार कान्तिपुरकर्मी प्रदीप म्यानाङ्बो र उदीयमान पुरस्कार नेपालखबरकर्मी कृष्ण बहाबलाई प्रदान गरेका थिए ।