विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका छन् ।
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज सोमतबार भएको खेलमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भई क्वाटरफाइनलमा प्रवेश छन् ।
पहिलो खेलमा सगरमाथाले भानु कलेजलाई ३ रनको झिनो रन अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई ८३ रनको स्कोर खडा गरेको थियो । जस्मा चन्द्रशेखर कामतले २५ रन बनाउँदा केदार कामतले पनि २५ रनको योगदान दिएका थिए । भानुका चन्द्र कार्कीले १ विकेट लिए ।
 जवाफमा ८४ रनको चुनौती पछ्याएको भानुले निर्धारित पुरै ओभर खेल्दै ५ विकेट नोक्सानीमा ८० रन मात्र जोड्न सक्यो । जस्मा कमर जामिलले ३२ रन बनाउँदा महमद नियाज अंसा।ीले १३ रनको योगदान दिए । सगरमाथाका चन्द्रशेखर कामतले सर्वाधिक २ विकेट लिए । खेलको म्यान अफ द म्याच सगरमाथाका अलराउण्डर खेलाडि चन्द्रशेखर कामत घोषित भए ।

IMG_6091
 दोस्रो खेलमा अरनिको कलेजले विकेभिएम कलेजलाई ६ विकेटले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ८९ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा सुजल भट्टराईले सर्वाधिक अविजित २४ रनको योगदान दिए ।
 अरनिकोका अविशेक बरालले ३ विकेट लिँदा दिपुकुमार स्र्वकारले २ विकेट लिए । जवाफमा ९० रनको सामान्य लक्ष्य पछ्याएको अरनिकोले १५ ओभरमा ४ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो। जस्मा आदेश साहले ५७ रन बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । लर्डबुद्धका म्यान अफ द म्याच अनिष कोइराला,राकेश ठाकुर, असमत सिंह र सुमित शर्माले समान २–२ विकेट लिए । मंगलबारको पहिलो खेल कान्तिपुर कलेज र शिक्षादिप कलेज र दोस्रो खेल अरनिको कलेज र लर्डबुद्ध कलेजविच प्रतिस्पर्धा हुने छ ।

IMG_6076