इटहरीः राधिका फाउन्डेसनले सोमबार सुनसरीको गढी गाउँपालिका ३ मा रहेको अति विपन्न समुदाय मुसहर बस्तीमा जाडोका कपडा, खाद्यन्न तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
दैनिक मजदुरी गरेर खाने सो समुदायका १ सय ४० घर परिवारलाई जाडो ढाक्ने कपडा, विहान बेलुका छाक टार्ने खाद्यन्न र स्कूल जाने बालबालिकाहरुका लागि कापी तथा कलम वितरण गरिएको हो । फाउन्डेसनले पहिला सो समुदायमा पुगेर त्यहाँ बसोबास गर्ने प्रत्येक घर घरमा पुगेर वास्तविक वस्तुस्थिती बुझेर ती सामाग्री वितरण गरेको हो ।

271665459_142125341524171_1321123258539824082_n

सो समुदायमा करिब १ लाख बराबरका लत्ताकपडा, खाद्यन्न तथा शैक्षिक सामाग्री वितरण गरिएको फाउन्डेसनकी प्रमुख राधिका दासीले जानकारी दिएकी छन् । उनले फाउन्डेसनलाई मुसहर समुदायसम्म सहयोगी सामाग्री सहित पुर्याउनका लागि आवश्यक सहयोग गर्ने देश तथा विदेश रहेका सहयोगी मनहरुप्रति हार्दिक आभार समेत व्यक्त गरेकी छन् ।

उनले अगामी दिनमा अझ धेरै दुर्गम स्थान र अत्यावश्यक स्थानमा सहयोग गर्ने बताइन् । सो राहत वितरण कार्यक्रमको संयोजन संस्थाकी सचिव कल्पना भट्टराई गरेकी थिइन् । ब्यब्स्थापनको जिम्मेवारी भने फाउन्डेसनकी उपाध्यक्ष अन्जु आचार्य र शान्ता न्यौपाने गरेकी थिइन् । राहत वितरण कार्यक्रमको संचालन स्वयंसेवक संयोजक तारा भट्टराईले गरेकी थिइन् ।

271696006_142127718190600_604141038212776948_n