इटहरी :बिरामी भएकी बालिकालाई झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएपछि नागार्जुन नगरपालिका वडा नम्बर –१ रानीवनबाट ४८ बर्षिय माता पक्राउन परेकि छिन् ।
झारफुक गर्ने क्रममा रानीबन को पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रक्राउ गरेको प्रहरीले बताएको छ ।
सिन्धुपाल्चोक घर भई भक्तपुरको मध्यपुर ठिमी बस्ने १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने क्रममा शनिबार बिहान वेहोस भएकोले उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएको थियो तर बालिकाको अस्पतालमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बालिकाकी आमाले २२ दिन पहिले उपचारका लागि माता बस्ने घरमै ल्याएर राखेको खुलेको बताइएको छ ।
पक्राउ परेकि माता भनिने ठकुरी उपर कर्तव्य ज्यान कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।