इटहरीः मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ मा रहेको संजिवनी भजन किर्तन तथा आध्यात्मिक सत्सङ्ग समाजको दशौं बार्षीक उत्सव समारोह सुक्रबार सम्पन्न भएको छ ।
मानवसेवामा सर्मपित सो संस्थाको अध्यक्ष लक्ष्मिप्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न भएको हो । बार्षिक उत्सव समारोह रतुमाई नगरपालिकाका मेयर रविन राईको प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सो सामारोहमा स्थानीय २० भन्दाबढी धार्मिक , समाजिक, शैक्षिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष चौलागाईले समुदायको शान्ति एकता र विकासमा आफ्नो संस्था लागि परेको अवगत गराए । उनले शरिर स्वास्थ्य र मन शान्त बनाउँदै सादचारको मार्गमा डोर्याउन एक शशक्त साधना केन्द्रका रुपमा संस्था क्रियाशिल रहेको बताए ।
रतुमाई नगरपालिकाका मेयर रविन राईले संतसङ र आध्यात्मक जागरणले हर व्यक्तिलाई सुखानीभुति प्राप्त हुने विवेचना गर्दै स्थानीय युवाहरुको उत्साहालाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथि सुनबर्षी माविका प्रर्चाय यज्ञकुमार निरौंलाले हिन्दु धर्मका शास्त्रीय महोत्वमाथि प्रकाश पारेका थिए । संस्थाको बार्षिक रुपमा नियमित गतिविधि र कार्यक्रमलाई हेर्दा बिभिन्न धार्मिक, सामाजिक , आर्थिक , सांस्कृतिक शैक्षिक लगायत कला र संगित जस्ता सबै कर्महरुलाई समावेश गरेको देखिन्छ । सो कार्यक्रममा संस्था सेवा अन्तरगर्त कोषाध्यक्ष बिष्णुप्रसाद घिमिरे , पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र रुद्रप्रसाद निरौंलालाई सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक, जेष्ठ नागरिक, वयोवृद्धा भत्ता, सर्मपित भक्त सम्मान र नियमित हाजिरी हुने भक्तहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाले पारिवारिक राहत कोष, आकष्मिक कोष, नियमित बचत कोष लगायत समुदाय तथा आपत –प्रकोपमा सहगोय गर्दै आएको छ । सो संस्थाले समय समयमा योग ध्यान, प्रवचन , स्वास्थ्य शिविर लगायतका कार्यक्रम नियमित रुपमा संचालन गर्दै आएको छ । संस्थाले समुदायमा बढ्दै आएका बिकृति विसंगतीका विरुद्ध बिभिन्न गतिविधिहरु समेत गर्दै आएको छ ।