धरानः कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको‘नेपालआइस मनोरंजन धमाका २०२२’ कन्सर्टले पुन तताएको छ । पहिलो पल्ट धरानको स्टेज चढेका एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक– श्रोताहरुको मायाले खुशी देखिन्थे।
भब्य साउण्ड र लाइटसहितको पौष २४ गते शनिबारको राति सवा दश बजे सम्म युवापुस्तामा रुचाईएका लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारीले धरानका दर्शक आफ्नो सांगीतिक तालमा नचाउन सफल देखिएको थियो।
अधिकांश युवापुस्ताका दर्शकहरुको बाक्लो उपस्थिति थियो। साँझ साढे ५ बजे कार्यक्रम समय राखेता पनि धराने दर्शकहरु ढिलो गरि साढे सात बजे देखि मात्र आउने बानीले गर्दा एक्काशी आएको भिडलाई सुरक्षाकर्मी र सेक्युरिटी गार्डहरुलाई सम्हाल्न मुश्किल परेको थियो। गायिका रचना रिमालले गीत गाउन सुरु गरेपछि भने दर्शकको अत्याधिक भिडलाई थेग्न नसकेर सम्भावित दुर्घटनालाई मधेनाजर गर्दै आयोजकले गेट खोल्न बाध्य भएको थियो।
नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी तथा चटपटेवालीको रुपमा भाईरल गायिका रचना रिमालले फोटो फिरिममा, सम्झिने पानी छम्किने ,उनको प्रित लगायतका आधा दर्जन गीत गाएकी थीइन । उनको प्रत्येक गीतहरु दर्शकहरुले उनीसंगसंगै गएका थिए।

IMG_5718
यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता तथा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्ना लोकप्रिय गीतहरु टाढा भएपनि ,तिम्रो मायाले बाँधेर राख, साली मन परयो, लज्जावती झारझैं गाएर धराने दर्शकहरुलाई मन्त्रमुग्ध बनाईन।
त्यस्तै युवा ढुकढुकी एकदेव लिम्बुले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल, सेवारो , जस्ता आफ्ना सिग्नेचर गीतहरु गाएर सबैको मनमा बस्न सफल भए। धेरै सहरहरुमा आफ्नो प्रस्तुति दिईसकेका एक्देवले धरानमा कार्यक्रम गर्ने सपना पुरा भएको र त्यसमाथि यति ग्राण्ड शोमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे। कार्यक्रम संचालन महेश लिम्बु र गोविन राजभण्डारीले संयुक रुपमा गरेका थिए।

IMG_5941
सिल्भर इन्टरटेनमेन्ट को आयोजना मा भएको नेपालआइस मनोरंजन धमाका २०२२ मा नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा नेपाल आइस् बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह (प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट,एनएचडीडी स्टुडियो , जेन्टलमेन अनलाईन टिभी , बराह ग्रुप ,एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट, लोक जगत मोटर्स, केन्द्र मोशन पिक्चर्स , जेके सुपर मार्केट र बीएसके इन्टरटेनमेन्टको बिशेष सहयोग रहेको थियो।