इटहरीः नेपाल कम्युनिष्ट पार्टी एमालेको सातौँ जिल्ला अधिवेसनमा सुनसरी जिल्लाको वराहाक्षेत्रका सुरज भण्डारीले जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।
वडा कमिटी सचिवालय सदस्य, युवा संघका बराह नगर कमिटी अध्यक्ष, युवा संघका जिल्ला उपाध्यक्ष हुँदै नेकपा एमाले जिल्ला कमिटी सदस्य मनोनित भएका भण्डारीले चालु अधिवेशनमा जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
भण्डारी सुनसरी जिल्लाकै युवा उम्मेद्धवार भएको दावी गरिएको छ । पछिल्लो समयमा पार्टी राजनीतिमा युवाहरुको आकर्षण बढ्नुका साथै शिक्षित अनि नयाँ भिजन भएका युवाहरुको समेत कार्यसमितिमा आकर्षण देखिन्छ ।
भण्डारीले युवा पुस्तामा राजनिति प्रतिको वितृष्णालाई सम्बोधन गर्दै युवालाई राजनिति प्रति आफ्नो भुमिका निर्वाह गराउन भुमिका खेल्ने उनको भनाई छ । युवा देशको मेरुदण्ड भएकाले आफुले अधिवेसन प्रतिनिधिको मन जित्ने र जिल्ला कमिटीमा निर्वाचित हुने आशा व्यक्त गरेका छन् ।
उनले पार्टीलाई युवाहरुको भावनाअनुसार अझ सक्रियतापूर्वक अघि बढाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । निर्माण व्यावसायी संघ वराहक्षेत्रका नगर सदस्य समेत रहेका भण्डारी युवा समाजसेवीका रुपमा समेत चिनिदै आएका छन् ।