इटहरी :सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ भित्रि सडक खण्डमा शनिबार भएको सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।
इटहरीको डिबिएम बोडिङ छेउमा भएको मोटरसाईकल दुर्घटनाबाट झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शनिबार राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे १प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएको र उपचारको लागी धरान घोपा पुर्याऊन साथ मृत्यु भएको प्रहरीको भनाई छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ