इनरुवाः नेकपा एमाले सुनसरीको सुक्रबारबाट इनरुवामा शुरु भएको सातौं अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य भिमप्रसाद आर्चाय भने देखा परेनन् । इनरुवा नगरपालिका कै मधेसा घर भएका उनि इनरुवाकै जेलमैदानमा सुक्रबारबाट शुरु भएको सातौं महाधिवेशनको उद्घाटन शत्रमा देखा नै नपरेका हुन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट  प्रदेश संसादका रुपमा निर्वाचित आर्चाय आफ्नै घरको आँगनमै जिल्ला अधिवेशन हुँदा उपस्थित नहुँदा बिभिन्न खालका चर्चाहरु भएका छन् ।
उद्घाटन शत्रमा केन्द्रिय तथा प्रदेश तर्फका नेताहरुको बाक्लो सहभागीता थियो । हाल नेकपा एमालेको केन्द्रिय सदस्यको हैसियतमा रहेका उनि यसअघि पार्टीको केन्द्रिय सचिव थिए । कार्यक्रममा गुरुप्रसाद बराल, तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदिशप्रसाद कुसियत, प्रेम दंगाल , लक्ष्मि गौतम ,अमृता सुब्बा. मन्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरुको सहभागीता रहेको थियो । तर खेमराज पोखरेल प्यानललाई जिताइ आफ्नो राजनितिक विरासत जिल्लामा कायम राख्ने ध्याउन्नमा लागेका आर्चाय एकाएक उद्घाटन शत्रमा सहभागी नभएका हुन् ।

271593477_444318634025369_7298314941388779935_n
आर्चायलाई धनकुटाको जिल्ला अधिवेशनका लागि पार्टी खटाएकाले समय अभावले सुनसरीको उद्घाटन कार्यक्रममा सहभागी हुन नसकेको उनि निकट स्रोतले दावी गरेको छ । उनि निकट स्रोतले भन्यो–‘वहाँले आफ्नै गृहजिल्लाको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने तिब्र इच्छा राख्नु भएको हो । तर धनकुटा पुगेर फर्किदा विरामी पर्नुभएकाले मधेसा स्थित घरमै आराम गरेर बस्न बाध्य हुनु भयो । कोरोना संक्रमण पछि वहाँको स्वास्थ्यमा बेला बेला समस्या आइरहेको पनि छ ।’
पार्टीभित्रकै अर्को स्रोतका अनुसार सुनसरी जिल्लाको सातौं महाधिवेशन उद्घाटन कार्यक्रममा आफु भन्दा जुनियर नेताहरु सिनियर भएर मञ्चमा अतिथिका रुपमा आशग्रहण गर्ने भएपछि आर्चाय कार्यक्रममा सहभागी नभएका हुन् ।
त्रिपक्षीय भिडन्त हुने
नेकपा एमालेको इनरुवामा शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जारी बन्द सत्र भित्र चलिरहदा चुनावी मैदानमा तिनवटा प्यानलका उम्मेदवारहरु भने मतदाता रहेका प्रतिनिधिहरुका बिचमा मत माग्दै आफनो प्यानलको अवस्था मजवुत बनाउन लागेका छन् ।
वर्तमान अध्यक्ष खेमराज पोखरेल, अधिल्ला अध्यक्ष रेवतीरमण भण्डारी र चर्चित मेयर द्धारिकलाल चौधरीको तीनवटा प्यानल मैदानमा उत्रिएका हुन् । खेमराज पोखरेलको प्यानललाई केन्द्रिय सदस्य भिम आचार्य र भगवती चौधरीको साथ रहेको छ ।
अर्का अध्यक्षका उम्मेदवार रेवतीरमण भण्डारीलाई केन्द्रिय सदस्य जगदिशप्रसाद कुसियैत, तैयव हुसैन, मञ्जु भण्डारी, लक्ष्मी गौतम र नेता मुरारी सुवेदीको सर्मथन रहेको छ ।
इटहरी मेयर द्धारिकलाल चौधरीलाई पार्टीका अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिएका प्रभावशाली नेता सुवास नेम्वाङ लगायतको समर्थन रहेको छ । सुनसरीमा भिम आचार्य समुह र २०७७ पुस ५ पछाडी पार्टीको विभिन्न कमिटीमा नयाँ जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुको बर्चश्व रहेको छ ।

271487860_444318560692043_1833941353709150370_n
१० बुदे सहमती गरि एमालेमा फर्किएका भिम आचार्यले सुनसरीमा आफनो बिरासत जोगाउन खेमराज पोखरेलसहितको प्यानललाई निर्वाचनमा अगाडी सारेका छन् । पोखरेल प्यानलबाट भिमसमुहका उपाध्यक्षमा नन्द बस्नेत, सचिवमा पर्शुराम यादव उपसचिवमा लोकेश निरौलासहित रहेका छन् ।
रेवतीरमण भण्डारी प्यानलबाट उपाध्यक्षमा लिलम बस्नेत वा निलम खनाल सचिवमा राम कोइराला उपसचिवमा पदम लिम्बु रहेका छन् । द्धारिकलाल चौधरी प्यानलबाट उपाध्यक्षमा पदमा भने कसैको नाम सार्वजनिक गरेको छैन । सचिवमा नारायण आचार्य उपसचिवमा अञ्जनी पोखरेल रहेका छन् ।
आकाक्षी धेरै, मिलाएर लैजान समस्या
सुक्रबारबाट इनरुवाको जेलमैदानमा शुरु भएको नेकपा एमाले सुनसरीको सातौं महाधिवेशनमा पदाधिकारी सहित बिभिन्न पदका उम्मेद्वारी दिने आकाक्षीहरुको संख्या थामिनसक्नु नै रहेको छ । जिल्लाका मुख्य पदाधिकारी सहित बिभिन्न कोटा समेत गरि १ सय ३५ जानको जिल्ला कमिटि बन्ने छ । पदाधिकारी बाहेक नै झण्डै ४ सयको हाराहारीमा आकाक्षीहरु देखिएका छन् । अर्का तर्फ महाधिवेशन आयोजक कमिटिका रहेका पौने नौ सय जनाले पनि जिल्ला तहमा बस्ने इच्छा व्यक्त गरेको बुझिएको छ । जसकारण आकांक्षीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सकस पार्टीका केन्द्रिय , प्रदेश र जिल्ला तहका नेताहरुलाई भएको छ ।
धेरै जसो आंकाक्षीहरु ०७७ पौष ५ पछाडीका संगठित सदस्य र रेवतीरमण भण्डारी जिल्ला अध्यक्ष हुँदा जिल्लाका बिभिन्न तहका कमिटीमा रहेकाहरु सदस्यहरु छन् । त्यसमा कतिपय पाका नेताहरु पनि रहेका छन् । महिला नेतृहरुपनि छन् । उनिहरुले महाधिवेशन स्थलमा दिनभर जसो हामी कुनै प्यानलमा नबस्ने हाम्रो प्यानल एमाले भन्ने नारा पनि लगाएका थिए ।

269955276_1288892784931312_9091329397673902768_n
अध्यक्षका प्रत्यासी भण्डारीको समर्थन माओवादी केन्द्र, कांग्रेस र नेकपा एस आ आफ्नो तरिकाले जेलमैदानमा खटिएको देखियो । जिल्ला अध्यक्षमा भण्डारीलाई जिताउन गुरु बरालले खुलेरै लबिङ समेत गरेको देखियो । १० बुँदे पक्षधरले भिम आर्चाय समुहले अधिकांशले खेमराज पोखरेललाई जिताउन लागि परेको देखिएको छ । तर, आर्चाय समुहका युवा जनमत र भण्डारीको पक्षमा रहेको पाइएको छ । तेस्रो नेताका रुपमा द्धारिकलाल चौधरीलाई अगाडी सारिएको पनि पाइएको छ ।
ओली भित्रपनि दुई खेमामा
भिम आर्चायले ओली समूहका कमजोर पक्षका नेता खेमराज पोखरेलको टिमलाई मात्र च्यापेपछि रिसाएका जिल्लाका पालिका तहमा रहेका नेता तथा कार्यकर्ताहरु दुई खेमामा बिभाजित भएका छन् । जिल्ला अध्यक्षमा खेमराज र रेवतीरमणमा जिताउनका लागि दुई खेमामा विभाजित भएका हुन् । इटहरी उपमहानगर, बराहक्षेत्र , इनरुवा , रामधुनी र दुहवी नगरपालिका नेता तथा कार्यकर्ताहरु दुई खेमामा विभाजित भएका हुन् । धरान उपमहानगरमा भने एक ढिक्का जस्तो भएका छन् । धरानका नेता तथा कार्यकर्ताहरु खेमराजको पक्षमा उभिएको स्रोतको भनाई छ । अन्य गाँउपालिका नेता कार्यकर्ताहरु भने कता जाने र कसलाई जिल्ला अध्यक्षमा निर्वाचित गराउँदा सहि हुन्छ भन्नेमै अन्यौल रहेको बुझिएको छ ।
महाधिवेशन उद्घाटनमा सहभागीहरु मध्ये केहीले जिल्ला प्रतिनिधि मध्ये ५० प्रतिशतले एमालेको विधि पद्धती नबुझेकाले अधिवेशन भन्दा पनि भेलवाढी जस्तो भयो भन्ने टिप्पणी गरेका छन् । कतिपयले संकटमा पार्टी पर्दा जोगाउन लागेकाहरु भन्दा १० बुँदेहरुको हावी भएकाले बाकसबाट जवाफ दिने बताएका छन् । उनिहरुले १० बुँदेहरुलाई बाकसबाट जवाफ दिई माधव तिरै खेद्नै योजना रहेको पनि सुनाए । अर्को तर्फ विभाजनलाई रोक्ने कम्युनिष्ट एकता जोगाउन १० बुँदे सहमति गर्नेहरुले भूमिका खेलेकाले हामी नै निर्णायक शक्ति भएकाले नेतृत्व आफुहरुले गर्न पाउनु पर्ने आवजहरु महाधिवेशन स्थलमा गुन्जिएका थिए ।