इटहरीः सुनसरी सदरमुकाम इनरूवामा आजदेखि हुने सातौ जिल्ला अधिवेशनमा भिम आर्चायले आफ्नो विरासत जोगाउन ओलीसमुहका कमजोर नेता खेमराज पोखरेललाई साथ लिएर रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्षमा हराएर रिङ आउट गर्न योजनाबद्ध रुपमा लागि परेका छन् ।
सम्झौतामा लेनदेन गर्न सिपालु मानिएका पार्टी जिल्ला उपाध्यक्ष समेत बनेका पोखरेल रमेश बस्नेत र रेवती भण्डारी बिचको विवादमा भिम आर्चायसँग निकटहुदै अधिवेशन आयोजक कमिटीको अध्यक्ष बन्न सफल भएका थिए । पोखरेललाई पुनः जिल्ला अध्यक्ष बन्न भिम आर्चाय समुह दिलोज्यान दिएर लागि परेको हो । पार्टी भित्र विवाद नहुँदा आर्चायले नै तत्कालिन किचन क्याविनेटकै रेवतीरमण भण्डारीलाई पार्टीको जिल्ला अध्यक्ष बनाएका थिए । उनलाई मात्रै होइन, पार्टीमा आफ्नो विरासत जोगाउन किचन क्याविनेटकै अध्यक्षका अर्का प्रत्यासी द्धारिकलाल चौधरीलाई पार्टीको जिल्ला सचिव हुँदै अध्यक्ष समेत बनाएका थिए ।
तर, पार्टीको जिल्लाको सातौं महाधिवेशनमा आइपुग्दा स्वार्थको राजनिति गर्ने आर्चायले भण्डारी र चौधरीलाई आफ्नो किचन क्याविनेटबाट आउट गरि खेमराज पोखरेल अध्यक्ष सहितको समूहलाई नै जिल्लामा विजयी गराउन हरतरहले लागि परेका छन् । आफु निकट नेताहरु धर्मराज निरौला र शम्भु आर्चायले पार्टी त्याग गरि नेकपा एसमा समाहित भएपछि रिक्त स्थानमा आफ्ना किचन क्याविनेटका नेताहरुलाई जिल्ला नेतृत्वमा ल्याउने सहमति नै भईसकेको स्रोतको भनाई छ । आर्चायले यतिबेला इनरुवाबाट पोखरेल र धरानमा लोकेश निरौलालाई परिचालन गरि सबै पदमा आफु निकटकालाई विजय गराउन योजनाबद्ध तरिकाले अगाडी बढेका हुन् ।
मधेसा नै घर भएका लोकेश निरौंला आर्चाय संघीय सरकारको पर्यटनमन्त्री र प्रदेश नम्बर १ को मुख्य मन्त्री हुँदा स्वकिय सचिवका रुपमा काम गरेका निरौंला आर्चाय समूहका जुनियर नेता हुन् । हाल उनि पार्टीका जिल्ला उप सचिव छन् । पार्टीको जिल्ला अधिवेशन ताका जुनियर निरौंलाले आफुहरु निर्देशन दिएको भिम आर्चाय समूहकै धेरै सिनियर नेताहरु पट्क्कै मन नपरेको स्रोतको भनाई छ । जसकारण भिम आर्चाय समूह भित्र असन्तुष्टि बढेको छ । भिम आर्चायले खेमराजलाई च्यापेपछि इटहरीका लिलम बस्नेत सहितका धेरै नेताहरु उनको कार्यशैली प्रति रुष्ट भएका छन् ।
पाँच बर्षअघि सम्पन्न निर्वाचनमा टिकट वितरणमै भण्डारीलाई माइनस गरेपछि आर्चाय र भण्डारी बीचको सम्बन्ध चिसिदै गएको थियो । एमालेमा विद्रोह हुनु अघि भिम आर्चाय पार्टीभित्र बनेको समानान्तर कमिटीमा रहेर केपी ओलीका विरुद्ध देशव्यापी रुपमा मैदानमा उत्रिएका थिए । सो बेला माधव नेपाल समुहमै रहेका भण्डारीले भने ओलीलाई साथ दिएका थिए । तर, पार्टी भित्र विद्रोह भई नेकपा एस बन्दा आर्चाय ओली समूहमै रहेपछि भण्डारी र आर्चाय बीच सम्बन्ध थप बिग्रीएको थियो ।
जिल्लाको अधिवेशनमा निर्वाचन भए भण्डारीको पल्ला भारी देखेपछि आर्चाय माथिल्लो तहबाटै दवाव सृजना गराएर भएपनि आफ्ना समूहकाहरुलाई विजयी गराउनका लागि सर्वसम्वत नेतृत्व चयनको योजनामा लागि सकेको बताइएको छ । त्यसका लागि उनले धरानमा लोकेश निरौंला, इटहरीबाट रामप्रसाद चौलागाई ,बराहक्षेत्रबाट मेयर निलम खनाल र इनरुवाबाट अध्यक्षका उम्मेदवार पोखरेललाई परिचालन गरेका छन् । इटहरीका चौलागाईले सामाजिक सञ्जाल फेसबुकमै रेवतीरमण भण्डारीका विरुद्ध स्टाटस नै लेखिसकेका छन् ।
आफ्नो गुटका सबै कुरा मिलाउन आर्चायले लोकेश निरौंलालाई जिम्मेवारी दिएका छन् भने त्यसलाई कार्यन्वयनका लागि अध्यक्षका उम्मेदवार पोखरेललाई जिम्मेवारी दिएका छन् । फलस्वरुप हिजो(बिहिबार) साँझ मात्रै इनरुवा नगरको पार्टी अध्यक्षमा आर्चायकै पहल र निर्देशनमा प्रेम पौडेललाई निर्वाचित गराइएको छ ।
भीम आर्चायले पार्टीको अध्यक्षमा पोखरेल, उपाध्यक्ष नन्द बस्नेत, सचिव पर्शुराम यादव , उप सचिव लोकेश निरौंलालाई अगाडी सारेका छन् । यता भण्डारीले आफ्ना तर्फका सबै उम्मेद्वारहरु घोषणा नगरेपनि सचिवमा राम कोइरालालाई लिएर अगाडी बढ्ने तयारी थालेका छन् । भण्डारी निर्वाचन हुनु पर्ने पक्षमा उभिएका छन् । निर्वाचन भए आफु विजयी हुने निश्चित रहेको बताउँदै उनि यतिबेला मतदाताहरुको घर घर पुगिरहेका छन् ।भण्डारीलाई केन्द्रिय सदस्य तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतम लगायतका केही नेताहरुले साथ दिएका छन् ।
स्थानयीय तहको निर्वाचन पूर्व जिल्ला पार्टी अध्यक्ष चलाईरहेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी पनि आफुले जिल्लाको पार्टी अध्यक्षमा विजयी हुने बताउँदै प्रतिष्पर्धामा उत्रिएका छन् । उनले सचिव पदमा इनरुवाकै नारायण आर्चायलाई अगाडी सारेका छन् । उनलाई द्धारिकलाल चौधरीलाई भने आदीवासी जनजाति नेताहरुको साथ रहेको बुझिएको छ ।
नेकपा हुँदा भिम आर्चायले आफ्नो विरासत जोगाउन जिल्लाको सचिव पदको जिम्मेवारी प्रदान गरिएका अर्का नेता रमेश बस्नेतलाई आर्चायले खेमराजकै पक्षमा लाग्न निर्देशन दिइसेका छन् । अदालतको आदेशपछि अध्यक्ष बन्नका लागि जिल्लामा होडवाजी नै चलेको थियो । केही समय बस्नेत र भण्डारी नै अध्यक्ष भएपछि पार्टीभित्र ठुलै विवाद सृजना भएको थियो । यतिसम्म कि पार्टी पूर्वत अवस्थामा फर्कने हो भने आफु जिल्लाको अध्यक्ष बन्नु पर्ने दावीका साथ द्धारिकलाल चौधरीले जिल्लाको एक कार्यक्रममा माइनै खोसेका थिए । सोही कार्यक्रमबाट भिम आर्चायले हस्तक्षेप गरि कसैलाई पनि पार्टी अध्यक्षको जिम्मेवारी नदिएर आफ्नो राजनितिक विरासत जोगाई भण्डारीलाई सादाका लागि पार्टीको नेतृत्व तहको जिम्मे्वारीबाट रिङ आउट गर्न ओली समूहका जिल्लाका कमजोर नेता खेमराज पोखरेललाई अधिवेशन आयोजक कमिटिको अध्यक्षको जिम्मेवारी दिएका थिए ।