इटहरी :भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५ हिमाङमा मंगलवार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।
भोजपुर जिल्लाका सदरमुकाम बाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह–चालक हतुवागढी गाउँपालिका–१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रदेश एक प्रहरी कार्यलय विराटनगरको भनाई छ ।